राष्ट्रिय सभाको बैठकमा आज प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने

काठमाडौं। संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठकमा (आज) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने भएका छन्।

सवा ११ बजे सुरु हुने बैठकमा प्रधानमन्त्री प्रचण्डले हालै गरेको भारत भ्रमणबारे जानकारी गराउने र उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रिय सभामा आजबाट आर्थिक वर्ष २०८०÷०८१ को बजेटमाथि छलफल सुरु हुने जनाइएको छ ।

राष्ट्रिय सभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको बेहोरा जानकारी गराउने र अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ,’संसद् सचिवालयले भनेको छ।

प्रधानमन्त्री प्रचण्डले मंगलबार राष्ट्रिय सभामा उपस्थित भएर सम्बोधन गर्ने कार्यसूची रहेको भए पनि खप्तड मेला हेर्न पुगेपछि स्थगित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?