१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

रातोपाटीले यथास्थितिको पक्षपोषण गर्यो , एमसीसी विरुद्ध समाजवादी मोर्चा आवश्यक : नेता भरत

काठमाण्डौं , जेठ २३ : राष्ट्रिय राजनीति एक किसिमले संकटग्रस्त भइरहेको बेला वर्तमान सत्ता र सरकारले विकल्प नेपाल कम्युनिस्ट पार्टी हो भनेर स्थापित गर्न संघर्षमा छ महासचिव विप्लव सी नेतृत्वको नेकपा । दुई वर्षे प्रतिबन्ध झेल्दै अहिले शान्तिपूर्ण राजनीतिमा आफ्ना गतिविधि अगाडि बढाइरहेको नेकपा भने अहिले फरक रणनीति सहित अघि बढिरहेको छ ।

पछिल्लो समय नेकपा ले आफ्ना केही रणनीति अगाडि सारेको छ त्यो मध्ये एउटा हो सम्पूर्ण कम्युनिस्ट , वामपन्थी , माओवादीहरू , देशभक्त राष्ट्रवादी सँगको एकता । नेकपाले विचार र सिद्धान्त मिल्ने सँग पार्टी एकता गर्ने , जनताका मुद्दा र समस्याको विरुद्ध संघर्ष गर्ने शक्तिसँग मोर्चा निर्माण गर्ने बहस र छलफल अगाडि बढाएको छ । केही समय यता देखि चर्चामा आएको विषय छ समाजवादी मोर्चाको निर्माण । समाजवादी मोर्चामा विशेष गरी कम्युनिस्टहरू र समाजवादको वकालत गर्ने पार्टीहरु मिलेर जाने सम्भावना देखिन्छ । यसैको लागि राष्ट्र हितका साँझ मुद्दामा संगठित भएर जानुपर्ने माग सहित पहलकदमी लिइरहेका छन् महासचिव विप्लवले ।

आज मात्रै माओवादी केंद्र निकट मानिने पत्रिका रातोपाटी डटकममा प्रसारित “ माओवादी केन्द्रमा फर्किने विप्लवको संकेत”शीर्षकको समाचारले आम जनतामा भ्रम फैलाउने काम गरेको नेकपा स्रोतले बताएको छ । सो विषयमा नेकपा नेताहरुले सो समाचारमा कुनै सत्यता नभएको बताइरहेका छन् ।


विप्लवको विषयमा आज प्रकाशित रातोपाटीको समाचार

नेकपाकै स्थायी समिति सदस्य भरत सी ले रातोपाटीको समाचारले यथास्थितिको पक्षपोषण गरेको बताउँदै , “आजको सन्दर्भ भनेको एमसिसी लागू हुने प्रक्रियामा भएकोले शान्ति र समृद्धिका लागी बृहत समाजवादी मोर्चा निमार्णको हो ।”अहिले नै प्रचण्ड वा अन्य कुनै संग एकता हुन्न भन्न नहुने तर अग्रगामी परिवर्तन र समाजवादी मोर्चा निर्माणमा सबैले जोड दिनुपर्ने उनको जिकीर छ । कसैले प्रतिगमन तर्फ लैजाने योजना बनाउँदै छन् कसैको मनसाय यथास्थितिमै हुनुपर्छ भन्ने पनि होला तर विकासको नियमले अग्रमनन् तिरै लैजाने उनको भनाइ छ ।नेता भरतले भने , “ अहिलेका पार्टी र नेताहरु जनतातिर हैन अहिले जस्तै पद र पैसातिर लागिरहे भने तिन्को विकल्प खोजिनेछ । जुन विकल्पमा एक बलियो प्रतिनिधि विप्लव सी हुन । ”उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यो कुरा व्यक्त गरेका छन् ।

नेकपाले आधिकारिक रूपमा उक्त रातोपाटी डटकममा आएको समाचारको कुनै विज्ञप्ति मार्फत खण्डन त गरेको छैन तर नेकपा नेताहरुले भने समाजवादी मोर्चा बन्न नदिनको लागि षडयन्त्र मुलक ढंगले समाचार प्रकाशित भएको विश्लेषण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?