काठमाडौँ । नागरिकता विधेयकबारे उठेका प्रश्नको प्रधानमन्त्री प्रचण्डले संसदमा जवाफ दिन नभ्याउँदै संसदमा हंगामा भएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा प्रचण्डले सांसदले उठाएको प्रश्नबारे जवाफ दिँदादिँदै एमाले सांसदले विरोध गरेका हुन् ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्ले दुई पटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगरी संविधानलाई नै क्राइसेसमा राख्ने काम भएको बताएपछि एमालेका सांसदले विरोध गरेका हुन् ।
यसरी संसद भवनमा पार्टीका आफ्ना स्वार्थहरु बझिएमा प्राय जसो बेला बेला संसद अवरुद्ध हुने गर्दछ । केही समय अघि पनि माओवादी केन्द्र निकट एक संसद्ले एमाले अध्यक्ष केपी शर्मा ओली पशुपतिको जलहरी प्रकरण भ्रष्टाचार भएको विषय उठाए पछि एमालेले संसद अवरुद्ध गरेको थियो । पछि त्यो विषयमा प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने सम्झौता भए पछि संसद अवरुद्ध एमालेले हटाएको थियो ।














