काठमान्डौ : नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेकपाका महासचिव विप्लव सी र प्रवक्ता प्रकाण्ड सी भेटवार्ता गरेका छन् । उनीहरु बीच आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट भएको हो ।
प्रचण्ड माओवादीका सबै धारलाई एकै ठाउँमा ल्याउन प्रयासरत छन् । माओवादी केन्द्र र नेकपाबीच पार्टी एकताका लागि आन्तरिक छलफल भइरहेको बताइएको छ । यसअघि विप्लवले प्रचण्डलाई सम्बोधन गर्दै राम्रो काम गरे आफूहरु साथ दिन तयार रहेको बताएका थिए । प्रधानमन्त्री भारत भ्रमणबाट फर्केको भोलिपल्टै विप्लवले प्रचण्डसँग भेटेका हुन् ।














