१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

विप्लवको निष्कर्ष : माओवादीहरुको एकता समाजवादी क्रान्तिको आधार

धनगढी , जेठ १७ : देशको राष्ट्रिय राजनीतिमा विभिन्न खाले संकट देखिएका बेला सत्ता परिवर्तनको लागि लामो समयदेखि संघर्सरत नेपाल कम्युनिस्ट पार्टीले आफ्ना गतिविधि तिब्र बनाएको छ । यसै क्रममा बुधबार धनगढीमा आयोजित नेकपाको सेती तथा महाकाली ब्युरोको संयुक्त प्रशिक्षण कार्यक्रममा सहभागी नेकपा महासचिव विप्लव सी ले माओवादी , राष्ट्रवादी , देसभक्त र कम्युनिस्टहरूको एकता नै आगामी सत्ता परिवर्तनको आधार रहेको बताएका छन् ।

उनले दलाल पूँजीवादी संसदीय व्यवस्थाको अन्त्य गर्नका लागि पार्टीहरू विभाजित भन्दा पनि सही विचार र योजनासहित संगठित भएर लाग्नुपर्ने बताएका छन् । विभाजित हुँदै गएको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्दै एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलवन्द गर्ने शुभारम्भ गरेका छौं , केही समय अगाडि मात्रै कर्णजित बुढाथोकी (सुशील) नेतृत्वको समाजवादी र प्रेम बर्देवा नेतृत्वको श्रमिक जनता पार्टी हामी सित ध्रुवीकृत भएका छन्, विप्लवले भने । प्रशिक्षणलाई सम्बोधनका क्रममा विप्लवले भने, “ संसदीय व्यवस्थाको असफलता साबित भएको यस स्थितिमा राष्ट्रिय राजनीतिमा बहस चलिरहेको छ र यो संसदीय व्यवस्था फेल भएको निष्कर्ष सबैतिर छ । पुराना दलहरु निश्चित प्राय विसर्जनको बाटोतिर छन् र राष्ट्रिय राजनीतिमा देखिएको समस्याको समाधान कसको नेतृत्वमा हुने भन्ने कुरा मुख्य भएर आएको छ , त्यसमा हाम्रो पार्टीले सबै सित छलफल ,बहस , एकता र दीर्घकालीन समाधान दिने गरी भूमिका खेलिरहेका छौं ।”नेपालमा विद्यमान राजनीतिक दलहरु मध्ये नैतिक, वैचारिक रूपमा सबैभन्दा शक्तिशाली नेकपा रहेको महासचिव विप्लवको भनाइ छ ।

समाजवाद स्थापनाको लागि विचार र कार्यदिशा मिल्ने संग पार्टी एकता गरिने र एजेण्डा मिल्ने संग मोर्चा बनाएर अगाडि बढ्ने रणनीति छ । अहिले हाम्रो पार्टी सबै राजनीतिक दलहरुसंग अग्रगामी निकास दिन छलफल , बहस र एकताका लागि खुला रहेको छ , विप्लवले भने । नेकपा ,माओवादी केन्द्र , एकीकृत समाजवादी , नेपाल समाजवादी पार्टी , जनता समाजवादी पार्टी लगायतहरु संग समाजवादी मोर्चा बन्ने सम्भावना रहेको उनको भनाइ छ । यदि हामीले समान मुद्दालाई हल गर्ने गरी सोच्न सकेनौं भने वैकल्पिक शक्तिका नाममा देखिएका रविहरु , या गगन थापा जस्ता व्यक्तिलाई विदेशको उचालेर देशलाई झन् संकटमा लैजाने खतरा छ , उनले भने “त्यसकारण समयमै पहलकदमी लिई सबैलाई एकीकृत जनक्रान्तिको कार्यदिशामा आवद्ध गरी समाजवाद स्थापना गर्नु परिवर्तनकारीको मुख्य कार्यभार हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?