१९ चैत्र २०८२, बिहिबार
१९ चैत्र २०८२, बिहिबार

अखिल (क्रान्तिकारी) कञ्चनपुर निरन्तर शैक्षिक गुणस्तर सुधार अभियानमा

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) कञ्चनपुरले जिल्लाको लालझाडी गाउँपालिकाको शिक्षा शाखा र सोही गाउँपालिका स्थित रामेश्वर माध्यामिक विद्यालयमा अनुगमन गरेको छ । निःशुल्क र अनिवार्य शिक्षाको कार्यान्वयन गराउने अभियान गाउँपालिका शिक्षा शाखामा र विद्यालयमा अध्ययन अनुगमन गरेको संगठनका जिल्ला संयोजक अनिल सी ले बताए ।

भेटघाटका क्रममा गाउँपालिका शिक्षा शाखामा प्रमुख संग गाउँपालिका अन्तर्गतका निजी तथा सामुदायिक विद्यालयले विद्यार्थीहरुलाई निःशुल्क र गुणस्तरीय शिक्षा प्रदान गर्न माग राखेको संयोजक अनिलले बताए । निजी विद्यालयहरुलाई चर्को शुल्क लिन नदिन र सामुदायिक विद्यालयहरुले विभिन्न शीर्षकमा लिने गरेको शुल्क खारेज शिक्षा शाखालाई ध्यानाकर्षण गरेको उनले बताए । शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले आफूले विद्यालयलाई मर्यादित र व्यवस्थित बनाउन काम गरिरहेको बताएका छन्। भेटघाटका क्रममा रामेश्वर माध्यामिक विद्यालय का प्रअ ले राम प्रसाद जोशीले आफ्नो विद्यालय बाट गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताएका छन ।

यसैगरी अखिल क्रान्तिकारीले नयाँ शैक्षिक सत्र सुरु भए सँगै शिक्षा क्षेत्रका विकृति विरुद्ध निरन्तर आन्दोलनरत छ । जिल्लाका सबै स्थानीय तह,जिल्ला शिक्षा विकास तथा समुन्वय इकाई र जिल्ला प्रशासन कार्यालयमा समेत माग पत्र पेश गरेको संगठनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?