-
काठमाण्डौं , जेठ ७ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम सी (विप्लव)ले विदेशको भत्ता खाने मान्छेलाई नेपालमा शासन गर्न नसक्ने बताए । आईतबार काठमाण्डौको जमलमा राष्ट्रिय वेपत्ता योद्धा स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले सो कुरा बताएका हुन ।
सम्बोधनका क्रममा उनले भने, “ विदेशीबाट निर्देशित पार्टी वा व्यक्तिले देशलाई नेतृत्व गर्न सक्दैन, वास्तविक रुपमा नेपाली जनताको घर , चुलो , रगत, पसिना ,र उतपादन संग जोडिएको आन्दोलनले देशको नेतृत्व गर्छ ।” कम्युनिस्टहरू बिग्रे भन्ने भास्यलाई तोड्दै सम्पूर्ण माओवादीहरू एक ठाउँमा भएर देशलाई सही नेतृत्व दिनुपर्ने विप्लवले बताए । युरोपियनहरुले बाहिर जति नै युद्धको हल्ला गरे पनि माओवादीले सधैं समानता ,न्याय र मुक्ति चाहेको उनले स्पष्ट पारे । युद्ध त अन्याय पूर्वक शासन लाद्नेले चाहने बताउँदै अहिले पनि हाम्रो देशमा यदि कसैले बन्दुक द्वारा शासन चलाउन खोज्छ भने त्यो हामीलाई स्वीकार्य हुँदैन , नेता विप्लवले भने ।
वर्तमान अवस्थामा देखिएको जति पनि संकटको दीर्घकालीन समाधान दिनको लागि सबै प्रगतिशील राष्ट्रवादीहरु एक ठाउँमा आई समाजवाद स्थापनाका लागि तयार हुनुपर्ने उनको भनाइ थियो ।














