२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

युवा संगठन नेपाल नागार्जुनको अध्यक्ष विनोद

टेक बहादुर धामी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल नागार्जुन नगरपालिकाको नगर सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न सम्मेलनले बिनोद सीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यासमिति निर्वाचित गरेको छ । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्या तथा उपत्यका व्युरो इन्चार्ज कृति सीको प्रमुख आतिथ्यतामा सम्मेलन सम्पन्न भएको थियो ।

सम्मेलनबाट निर्वाचित अध्यक्षसहित सम्पूर्ण कार्यसमितिका सदस्यहरुलाई बधाई दिदै ब्युरो इन्चार्ज कृतिले एकीकृत जनक्रान्ति पुरा गर्ने जिम्मेवारी युवाको काँधमा आएको बताए ।‘सम्मेलनबाट निर्वाचित सम्पूर्ण कमरेडहरुलाई बधाई छ । यहाँहरुको कार्यकाल सफल रहोस् ।’, उनले भने,‘हाम्रो पार्टीले अघि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशालाई सफल बनाउने जिम्मेवारी यहाँहरुको काँधमा छ । यो नगरपालिकाका युवाहरुलाई संगठित गर्दै एकीकृत जनक्रान्तिमार्फत वैज्ञनिक समाजवाद हुँदै साम्यवादसम्मको हाम्रो यात्रामा लामबद्ध हुनुहुनेछ भन्ने विश्वास लिएको छु ।’

काठमाडौं जिल्ला नम्बर ३ ले आयोजना गरेको सम्मेलनको अध्यक्षता विनोद सीले गरेका थिए भने कार्यक्रमको संचालन नेकपा ३ नम्वर जिल्ला सचिवालय सदस्य तथा नगर सेक्रेटरी रकम सीले गरेका थिए । कार्यक्रममा काठमाडौं जिल्ला नम्बर ३ का सचिव दिव्य सी,युवा संगठन नेपालका काठमाडौं उपत्यका व्युरो इन्चार्ज अनिल सी, जिल्ला सदस्य एवं न्याय विभाग सदस्य सानु सी,जिल्लाको युवा इन्चार्ज सुबास सी र युवाको जिल्ला संयोजक सागर सीको आतिथ्यता रहेको थियो ।

शनिबार नै ३ नम्बर जिल्ला अन्तरगत चन्द्रगिरी नगरपालिकाले अखिल नेपाल महिला संघ (क्रान्तिकारी) र श्रमिक समुदाय मोर्चाको नगरसम्मेलन सम्पन्न गरेको थियो । सम्मेलनले महिलाको अध्यक्षमा अनु सी र श्रमिक समुदाय मोर्चाको संयोजकमा कृष्ण सीलाई निर्वाचित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?