२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

भक्तपुरमा तीजको रौनक : शुभकामना पार्टी प्यालेसमा अनेमसंको भव्य उत्सव

भक्तपुर । गीतमा ताल मिलाउँदै, रातो सारी र गहनामा सिंगारिएकी महिलाहरूको झिलिमिली मुस्कानले भक्तपुर फेरि एकपटक तीजको रौनकमै रङ्गिएको छ । सुर्यविनायक नगरपालिका–८ र भक्तपुर नगरपालिका–७ को सीमामा अवस्थित शुभकामना पार्टी प्यालेस शनिबार साँझ महिलाको उत्साह, नृत्य र सद्भावनाले भरिएको सांस्कृतिक आँगनमा परिणत भयो ।

अखिल नेपाल महिला संघ (अनेमसं) सुर्यविनायक नगरपालिका क्षेत्र नं. २ को आयोजनामा भएको तीज विशेष उत्सवमा ७०० भन्दा बढी महिलाको उपस्थिति रह्यो । महिलाहरूको मात्र सहभागिता नभई, सामाजिक नेतृत्व,स्थानीय प्रतिनिधि र युवाको समेत उल्लेख्य उपस्थिति कार्यक्रममा देखिन्थ्यो ।


कार्यक्रमको नेतृत्व गरिरहेकी अनेमसं नेतृ सर्मिला बस्नेतले तीजलाई महिलामात्रको पर्व नभई “सिंगो समाजको साझा उत्सव” भएको बताइन् ।

“तीज महिलाको मात्र होइन,सिंगो समाजको पर्व हो । यस अवसरले महिला सशक्तीकरण,एकता र संस्कृतिप्रति गर्व गर्ने प्रेरणा दिनुपर्छ । तीजलाई आत्म–अभिव्यक्ति, सामाजिक चेतना र सांस्कृतिक गौरवको संगमका रूपमा मनाउनु पर्छ,” उनले उद्घाटन मन्तव्यमा भनिन् ।

सांगीतिक माहोलमा प्रस्तुत तीज गीत र नृत्यले महिला अधिकार,घरेलु हिंसाविरुद्धको सचेतना,र सामाजिक समरसताको सन्देश बोकेका थिए । सहभागी महिलाहरू रातो सारी,गहनाले सिँगारीत भई नाचगान गर्दै,संस्कृतिप्रतिको गर्व र आपसी ऐक्यभाव प्रकट गरिरहेका थिए ।


कार्यक्रममा उपस्थित नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले महिला सशक्तीकरण र संगठनात्मक भूमिकामा अनेमसंको जिम्मेवारी अझ बढेको उल्लेख गरे ।
“यो कार्यक्रम हाम्रो साझा एकता, अनुशासन र सकारात्मक सोचको प्रतिफल हो । आगामी दिनहरूमा पनि यस्तै सहकार्य र समर्थन रहने विश्वास लिएका छौं,” उनले भने ।

सहभागीहरूका अनुसार यस्तो उत्सवले केवल नृत्य–संगीतमै सीमित नभई महिलाबीच सामाजिक ऐक्यभावलाई बलियो बनाउने, संगठनप्रतिको प्रतिबद्धता बढाउने, र संस्कृतिप्रतिको गर्वलाई उजागर गर्ने अवसर दिएको छ ।

सांगीतिक प्रस्तुति, शुभकामना आदान–प्रदान र महिला नेतृहरूको प्रेरणादायी मन्तव्यहरूले कार्यक्रमलाई जीवन्त बनायो । समाजसेवी, महिला नेतृ, स्थानीय प्रतिनिधि र युवाको उपस्थिति विशेष आकर्षण रह्यो । स्थानीय समुदायले भने,“यस्ता कार्यक्रमले संस्कृति जगेर्ना मात्र होइन,सामाजिक विषयमा संवाद र चेतना फैलाउने माध्यमको काम गर्छ ।”


कार्यक्रमले भक्तपुरमा तीजलाई केवल परम्परा वा नृत्य उत्सवको रूपमा मात्र नभई महिला सशक्तीकरण,सामाजिक समरसता र सांस्कृतिक गौरवको संगमका रूपमा प्रस्तुत गर्‍यो । सहभागीहरूले आगामी वर्षहरूमा अझ व्यापक, समावेशी र संवादमूलक तीज कार्यक्रमको अपेक्षा व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?