२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

‘कुलिङ पिरियड’बारे कांग्रेसले भन्यो- पदको दुरुपयोग गर्नेमाथी छानविन र दोषिलाई कारबाही हुनुपर्छ

काठमाडौँ । नेपाली कांग्रेसले निजामती विधेयकमा समावेश ‘कुलिङ पिरियड’मा भएको त्रुटिबारे छानबिन गरी संलग्न व्यक्तिलाई कारवाहीका लागि माग गरेको छ । मंगलबार पार्टी कार्यालय सानेपामा जारी पार्टीको केन्दीय कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग बोल्दै पार्टीका प्रवक्ता डा.प्रकाश शरण महतले सरकारले संशोधन ल्याएर विधेयकमा संशोधन गनुपर्ने र छानविनगरी दोषिलाई कारबाही गर्नुपर्ने धारणा कांग्रेसको रहेको जानकारी गराए ।

उनले भने,‘जसले त्यहाँ पदको दुरुपयोग गरिरहेको छ, अवश्यपनि उनीहरुलाई छानविनको दायरामा ल्याउनुपर्छ । र तत्काल ‘कुलिङ पिरियड’ हटाएर त्यो प्रस्तावित भएको त्यसलाई संशोधनमा ल्याएर सच्याउनुपर्छ । छानविन गरेर दोषिलाई कारबाही पनि गर्नुपर्छ । र समितिमा भएको सहमति अनुसार ‘कुलिङ पिरियड’ राखेर नै संशोधन गर्नुपर्छ । ’ त्यस्तै उनले सरकारमा कांग्रेसको प्रभावकारी सहभागिता कसरी बढाउने भन्ने विषयमा पनि छलफल भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?