नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन : सभापति देउवा

पाटन (ललितपुर), १० चैत । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् । कांग्रेस बागमती प्रदेश समितिको प्रशिक्षण विभागद्वारा आज यहाँ आयोजित कार्यक्रममा केही दिनयता राजावादी पक्षधरहरूको गतिविधिप्रति इङ्गीत गर्दै सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन नसक्ने धारणा व्यक्त गरे ।

कांग्रेस प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुका लागि आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटनका अवसरमा उनले भने, “नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन, ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक व्यक्ति पनि होइनन्, बरु राष्ट्रिय प्रजातन्त्र पार्टीले ज्ञानेन्द्रलाई पार्टी सभापति बनाए हुन्छ ।”

सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्रलाई राजनीति नै गर्नेभए पार्टी खोल्न सुझाव दिए । “राजनीति गर्ने भए पार्टी खोल्दा भइहाल्यो नि १ तर त्यो पार्टीमा जानेहरूले धेरै नै दुःख पाउँछन्”, सभापतिले भने । उनले गणतन्त्रका पक्षमा एकजुट भएर लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए ।

कांग्रेस बागमती प्रदेश उपसभापति एवं प्रदेश प्रशिक्षण विभाग प्रमुख चन्द्र महर्जनको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रममा प्रवक्ता डा प्रकाशशरण महत, प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका निर्देशक डा कृष्णप्रसाद पौडेल, बागमती प्रदेशका कोषाध्यक्ष डा भद्रा पराजुली भण्डारी, केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण विभागका कार्यकारी निर्देशक डा बुद्धिमान श्रेष्ठलगायतको उपस्थिति थियोे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

विराटनगरका दुई सरकारी कार्यालयमा छड्के अनुगमन: प्रमुखसहित ३२ कर्मचारी अनुपस्थित

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?