२ फाल्गुन २०८२, शनिबार
२ फाल्गुन २०८२, शनिबार

नेपाल बुद्धिचाल महासंघमा कार्य विभाजन तथा सल्लाहकार समिति गठन 

सन्दिप घिमिरे

काठमाडौं । विश्व बुद्धिचाल महासंघ (फिडे) सँग आबद्ध नेपाल बुद्धिचाल महासंघको पाँचौं पूर्ण बैठक शुक्रबार काठमाडौंको बानेश्वरमा “बैठक सञ्चालन कार्यविधि” पास गरेर सम्पन्न भएको छ। 
     

अध्यक्ष हेराकाजी महर्जनको अध्यक्षतामा सम्पन्न उक्त बैठकले कोषाध्यक्ष तारा बहादुर रानाभाटले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पास गर्नुका साथै नयाँ वर्षको वार्षिक कार्यक्रम  समेत तय गरेका छन्। 
     

यस बैठकवाट अंग्रेजी क्यालेण्डर अनुसार मेल गर्ने अभिप्रायले गत वर्षको पूर्व घोषित वार्षिक कार्यक्रम अन्तर्गत ९० प्रतिशत काम पूरा गरेको निष्कर्ष निकालेका छन्। 
       

नेपाल बुद्धिचाल महासंघले महासंघसंग संयुक्त रुपमा विभिन्न राष्ट्रिय प्रतियोगिताहरु सफलताका साथ आयोजना गरेकोमा ललितपुर स्पोर्ट्स क्लब ललितपुर, नाइट चेस क्लब झापा, अन्नपूर्ण माध्यमिक विद्यालय काठमाडौं, भक्तपुर जिल्ला बुद्धिचाल संघ भक्तपुर , बेदकोट नगरपालिका वडा नं. ८ कञ्चनपुर, लुम्बिनी इभेण्ट मानेज्मेण्ट लुम्बिनी, धादिङ्ग जिल्ला बुद्धिचाल संघ धादिङलाई धन्यवाद दिने प्रस्ताव पारित गरेको छ। 
       

गत वर्षका प्रतियोगिता मध्ये ७ औं राष्ट्रिय क्लब टिम च्याम्पियनसिप, ७ औं राष्ट्रिय एमेच्योर चेस, ५ औं राष्ट्रिय जुनियर, २४ औं राष्ट्रिय बी खुल्ला तथा १० औं महिला बी चेस, तेस्रो नेशनल ब्लिट्ज तथा र्‍यापिड चेस, २४ औं नेशनल चेस, छैटौं राष्ट्रिय सिनियर भेट्रान चेस प्रतियोगिताहरु सम्पन्न भएका छन्। 
      

नेपाल बुद्धिचाल महासंघको विधानमा व्यवस्था भए बमोजिम बैठकले सल्लाहकार समिति, विभिन्न आयोग र विभिन्न विभाग गठन गर्न गरेको प्रस्ताव पनि सर्व सम्मतले पारित गरेका छन। 
        

जस अनुसार संगठन विभाग संयोजकमा धरम बहादुर लामा र सह संयोजक उप महासचिव मोनालिसा खम्बू रहेका छन्। 
     

यसैगरी प्रतियोगिता व्यवस्थापन समितिमा संयोजक मोनालिसा खम्बू रहेकी छिन् भने आर्थिक विभाग प्रमुखमा कोषाध्यक्ष तारा बहादुर राजाभाट र सचिवमा केन्द्रीय सदस्य सुशील चौधरी रहेका छन्। 
     

यस्तै खेलाडी समन्वय समितिमा संयोजक सुशील चौधरी र कानून विभाग संयोजकमा केन्द्रीय सदस्य तथा अधिवक्ता चन्द्रमणी गैरे रहेका छन्। 
      

क्रमश: बैठकले प्रचार प्रसार संयोजकको जिम्मेवारी महासंघका सचिवालय सदस्य राजु ताम्राकारलाई प्रदान गर्दै प्रवक्तामा नियुक्त गरेका छन्। यस्तै महिला विभागको जिम्मेवारी केन्द्रीय सदस्य रमिला पोखरेललाई प्रदान गरिएको छ। 
     
आयोगहरुको हकमा विज्ञ आयोगको जिम्मेवारी उपाध्यक्ष धन बहादुर वोगटीलाई, प्रशिक्षण आयोगमा सचिवालय सदस्य निरञ्जन प्रजापतिलाई र प्रतियोगिता निर्णायक आयोगमा सचिवालय सदस्य बालाराम पुनलाई जिम्मेवारी प्रदान गरिएको छ। 
     
यस्तै पूर्व अध्यक्ष एवं बाग्मती प्रदेश सभाषद् पूर्वमन्त्री मा. एकालाल श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ। सल्लाहकार समिति सदस्यहरुमा बागमती प्रदेश सभाषद पूर्वमन्त्री मा. रामकृष्ण चित्रकार, सभाषद् मा. रघुनाथ महर्जन, बुद्धिचाल विषयका प्रथम पुस्तक प्रकाशक गोपीरमन उपाध्याय, बाग्मती प्रदेश पाब्शन अध्यक्ष केशबलाल श्रेष्ठ, वरिष्ठ खेल पत्रकार श्रीबिक्रम भण्डारी, विद्यालय पाठ्यक्रम छनौट प्रमुख प्राडा रामकृष्ण महर्जन रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?