२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

संसदलाई समाजवादका लागि बहस गर्ने थलो बनाउछौं : बिप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी ले “आफूहरुले चुनावमा जाने नीति लिएपछि लुटेराहरुको मथिङ्गल हल्लिएको बताएका छन् ।”

शुक्रबार बागमति प्रदेशस्तरिय राजनीतिक, वैचारिक प्रशिक्षणलाई सम्बोधन गर्दै विप्लवले लुटेर खान पल्केकाहरु आफूहरु आउनेभएपछि डराएको बताए ।

लामो समयदेखि देश लुटेर बसेकाहरुले आफ्नो रोजिरोटी गुम्ने डरले केही उद्येलितसमेत भएको उनको भनाई थियो । उनले चुनावलाई एकीकृत जनक्रान्तिकै मोर्चाका रुपमा प्रयोग गर्न लागेको बताउँदै संसदलाई समाजवादका लागि बहस गर्ने थलो बनाउने जिकिर गरे ।

‘अहिले संसदमा गाली गलौज चलेको छ । एकले अर्कालाई आरोप प्रत्यारोप गरिरहेका छन् ।’, विप्लवले भने, ‘हामी यसलाई समाजवादका लागि बहस गर्ने थलो बनाउँछौँ ।’

नेकपा प्रवक्ता प्रकाण्ड सीको अध्यक्षतामा भएको राजनीतिक वैचारिक प्रशिक्षण कार्यक्रमको संचालन नेकपा पोलिटब्य्ुरो सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज माइला सीले गरेका थिए । कार्यक्रममा दोलखा जिल्ला इन्चार्ज प्रेम सीले स्वागत मन्तव्य राखेका थिए भने आरोह सीले स्वागत गितमार्फत उपस्थित सबैलाई स्वागत गरेका थिए ।

त्यस्तै, कार्यक्रममा वेथान स्मृति दिवससमेत मनाइएको थियो । महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्य विषम र शुशील सीले वेथानका सहिदहरुको तस्वीरमा माल्यार्पण गरेका थिए । कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी अध्यक्ष बन्दु सीले वेथान स्मृति दिवस र महिलाहरुको वलिदानको चर्चा गरेकी थिइन् ।
जनपत्रीका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?