२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

नेकपाको जारी केन्द्रिय समिति बैठकमा आज ३८ जनाकाे धारणा प्रस्तुत

कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको छैठौं बैठकमा आज ३८ केन्द्रीय नेताहरुले आफ्नो धारणा राखेका छन् ।महासचिव विप्लवद्वारा प्रस्तुत प्रस्ताव माथी धारणा राख्ने क्रममा बोल्ने केन्द्रिय सदस्यहरुले देशमा आर्थिक राजनीति संकट बढ्दै गएको, बाह्य हस्तक्षेप बढ्दै गएको, शिक्षा र स्वास्थ्यमा सर्वसाधारण नागरिकको पहुँच कमजोर हुँदै गएकोले संघर्शको जरुरी रहेकोमा जोड दिएका छन् ।

महासचिव विप्लवद्वारा प्रस्तुत प्रस्तावमा बर्तमान रास्ट्रीय अन्तरास्ट्रिय परिस्थिति, बिगतका कामको समिक्षा र आगामी आवधिक योजनाका लागि प्रस्तावहरु पेश गरिएको बताइएको छ ।

शनिबार बोल्ने केन्द्रिय सदस्यहरुमा मजदुर संगठन इन्चार्ज जीवन्त,केन्द्रिय सदस्य प्रकाश ,अर्थ बिभाग सदस्य दिनेश ,बर्दिया इन्चार्ज हिमशिखर,भोजपुर इन्चार्ज त्रिलोचन, तनहु इन्चार्ज निशान ,भक्तपुर इन्चार्ज कृष्णहरी, दैलेख इन्चार्ज कलम,रुकुम इन्चार्ज चन्द्र,काभ्रे इन्चार्ज बिन्दु सी, बाजुरा इन्चार्ज एण्डिज,बझाङ इन्चार्ज भरत ,मुगु इन्चार्ज समाज, सल्यान इन्चार्ज अनिल, डोटी इन्चार्ज बिमल,स्कुल बिभाग सदस्य तिर्थ र जाजरकोट इन्चार्ज गौरबले धारणा व्यक्त गरेका छन् ।

बैठकमा मकवानपुर इन्चार्ज वाटर,प्रकाशन बिभागबाट सञ्जीव ,सिन्धुली इन्चार्ज शशी,भारत प्रबाश इन्चार्ज आजादसेन,पूर्वबाट जोखिम ,पुष्प, नवलपरासी इन्चार्ज कमल,दोलखा इन्चार्ज सागर ,मौसम, दार्चुला इन्चार्ज कमल र सल्लाहकार सिद्दीले दस्तावेज र आगामी योजनाबारे धारणा राखेका छन् ।

त्यस्तै बैठकमा महोत्तरी इन्चार्ज पवन , अछाम इन्चार्ज सरिता ,मगर मुक्ति मोर्चा अध्यक्ष सुदर्शन ,बाग्लुङ इन्चार्ज शुसिला,युवाबाट अजय, मजदुर नेता मिना,दाङबाट पाटन ,नारायण , महिलाबाट राजकुमारी,गण्डकबाट विकिरण र ताम्सालिङ्गबाट जीत बहादुरले बैठकमा बिचार राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?