धनगढी । राज्यका सार्वजनिक निकाएमा बढ्दै गएको भ्रष्टाचार रोक्न र रोजगार सिर्जनाको प्रमुख मागसहित आगामी मङ्सिर ८ गते धनगढीमा युवा मार्च हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टी पुनर्गठन भएको दिनको सन्दर्भमा नेकपा सुदुरपश्चिमले युवा मार्च सञ्चालन गर्ने निर्णय गरेको हो।
कात्तिक २५ र २६ गते कैलालीमा सम्पन्न प्रदेश सचिवालय बैठकले नेकपाले चालु आवधिक योजनामा गरेका राजनीतिक, बैचारिक ,संगठन,संघर्ष र उत्पादन सम्बन्धि कामको समिक्षा गर्दै पुनर्गठन दिवसमा जिल्ला स्तरमा मङ्सिर ८ गते दिपावली लगायत रचनात्मक कामहरू गर्ने निर्णय समेत गरेको छ ।
सचिवालय बैठकले प्रदेशमा बिगतमा निर्माण गरेको पार्टी योजना कार्यान्वयनमा उत्साहजनक रूपमा सफलता हासिल भएको, वर्गसंघर्षको नयाँ रुप -उत्पादन संघर्षमा पार्टी सफल हुँदै गएको ठहरसहित एमसीए प्रमुख खड्गबहादुर बिष्टलाई प्रदेश समितिको तर्फबाट दिएको चिट्ठीसँगै राष्ट्रियताको मुद्दामा संघर्ष उत्कर्षमा पुगेको मूल्याकंन गरेको छ।
त्यस्तै बैठकले प्रदेश र जिल्ला स्तरमा गरिएका कृषि लगायत उत्पादनका कामलाई ब्यस्थित गर्ने निर्णय समेत गरेको छ।
नेकपा स्थायी समिति सदस्य एवम् सुदुरपश्चिम प्रदेश इन्चार्ज भरत सी `रणवीर´को अध्यक्षतामा भएको बैठकमा पोलिटब्युरो सदस्य रंगनाथ ढकाल, केन्द्रिय सदस्यहरु डबल बहादुर सी, प्रकाश सी, सरिता सी,देव सी,बिमल सी,बिराट सी,एण्डिज सी,बिमल सी,कमल सी लगायतले जिल्लागत रिपोर्ट पेश गरेका थिए।














