२७ कार्तिक २०८२, बिहिबार
२७ कार्तिक २०८२, बिहिबार

सामूहिकरूपमा एकसय जोडी बाँधिए विवाह बन्धनमा

अफगानिस्तान । उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा सामूहिकरूपमा एकसय जोडी विवाह बन्धनमा बाँधिएका छन् । विवाह समारोहमा एक धनाढ्य व्यक्तिले आर्थिक सहयोग गरेका थिए । प्रत्येक नवविवाहित जोडीले करिब ६०० अमेरिकी डलर बराबरको घरायसी उपकरण पनि प्राप्त गरेका छन् ।

बेरोजगारी, आर्थिक संकट, ठूला-ठूला उपहारहरूको चर्को मूल्य र महँगा उपहारहरूले गर्दा अक्सर युवाहरू गरिब देशमा आफ्नो विवाह समारोह आयोजना गर्न बर्सौं पर्खन बाध्य हुन्छन् । अफगानिस्तानको तालिवान सरकारले मानिसहरूलाई अतार्किक विवाह प्रथाहरू रोक्न र विवाह समारोहमा पैसा बर्बाद नगर्न आहृवान समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुल्यो

छुटाउनुभयो कि ?