२९ जेष्ठ २०८२, बिहिबार
२९ जेष्ठ २०८२, बिहिबार

लामिछानेलाई पक्राउ विरुद्ध वीरगञ्जमा विरोध प्रदर्शन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा वीरगञ्जमा पनि प्रदर्शन भएको छ । शनिवार रास्वपाका नेता/कार्यकर्ताहरूले वीरगञ्जमा प्रदर्शन गरेका हुन् ।

सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी ले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई शुक्रवार बेलुकी पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ गरेर शुक्रवार राति नै पोखरा पुर्याएको थियो ।

लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । वीरगञ्जमा भेला भई रास्वपाका नेता / कार्यकर्ताहरूले त्यहाँबाट नाराबाजी गर्दै जुलुस निकालेर नगर परिक्रममा गरेका हुन् ।

जुलुसमा सहभागीहरूले सरकारको विरोध र लामिछानेको समर्थनमा नाराबाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?