प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

काठमाडौ – सामाजिक कथावस्तुमा आधारित उपन्यास `काउले´बिमोचन गरिएको छ।प्रकाशक संस्था भुँडीपुराण प्रकाशनद्वारा  आज काठमाडौको सम्बाद डबलीमा आयोजित एक कार्यक्रमकाबीच कृतिको बिमोचन गरिएको हो ।

बिमोचन कार्यक्रममा प्राडा.माधव पोख्रेलले उपन्यासमा बिषयबस्तुको प्रस्तुतिकरण ज्यादै प्रभावकारी र स्वादिलो रहेको बताउनु भयो।उहाँले उपन्यास पढ्दै जादा त्यसभित्र ५०को दशक वरिपरिको सामाजिक परिवेशलाई निकै मिठो तरिकाले अभिव्यक्त गरिएको उल्लेख गर्नु भयो।

कार्यक्रममा डा.हर्क बहादुर शाहीले उपन्यास काउलेले अछामी भाषाको अभिलेखिकरण गर्ने कार्य समेत गरेकोले यो महत्त्वपूर्ण रहेको बताउनु भयो।

कृतिमाथी समीक्षा गर्ने क्रममा समीक्षक शिबप्रसाद जोशीले उपन्यासको शीर्षक`काउले´नकारात्मक मात्रै होइन सकारात्मक पनि भएको भन्दै उपन्यासले बालमनोबिज्ञान,यौनमनोबिज्ञान,समाजमा व्याप्त अन्धबिश्वास र रुढीबाद विरुद्ध सशक्त आवाज उठाएको बताउनु भयो।

त्यस्तै कृति समीक्षक डा.अमृता शर्माले पहाडी जिल्ला अछामबाट कृति सिर्जना गर्नु महत्त्वपूर्ण भएको उल्लेख गर्दै पुस्तकले अछामका पीडा,दु:ख र भोगाइलाई केन्द्रसङ्ग जोड्न मद्दत गरेको बताउनु भयो।उहाँले बिषयबस्तु अछामको स्थानीय परिवेशसङ्ग घुमेको, भाषाका हिसाबले आञ्चलिक उपन्यास भएको र उपन्यास अछामी जनताको संघर्षशील जीवनलाई उठान गर्न सफल रहेको बताउनु भयो।उपन्यासले क्षेत्रीय,जातिय र भाषिक मूल्यको खोजी गरेको र  न्यून बर्गीय मनोबिज्ञान, बाल मनोबिज्ञान,पर्याबरणीय उत्प्रेरणा पाउन सकिने उहाँको धारणा थियो।

कार्यक्रममा साङ्सदहरु यज्ञबहादुर बोगटी, रत्ना थापा, महेन्द्ररत्न क्याम्पस ताहचलका तिलकप्रसाद शर्मा, चेतराज शर्मा,कालिकेश्वरी प्रा.वि तुर्माखाँद अछामका पूर्वशिक्षक मनिराम बुढा,मनबहादुर बयक, बज्जिका भाषाका संरक्षक रामचन्द्र महतो,उपन्यास समाजका अध्यक्ष  शङ्कर भारती, पत्रकारहरू राजेश खनाल, जयराम बिहारी, नवीन पल्लव,धनराज वास्तविक, खेम थपलिया, सुदर्शन मङ्गोल लगायत लेखक साहित्यकारहरुको सहभागिता रहेको थियो।

उपन्यासका लेखक प्रदीप जैशीले समीक्षक र पाठकहरुको सुझाव र आलोचनालाई ग्रहण गर्दै आगामी दिनमा थप रचनात्मक काम गर्ने बताए।४ सय ८ पृष्ठ रहेको उपन्यासको मूल्य रु ७ सय ५० रहेको छ।

भुँडीपुराण प्रकाशनका प्रबन्धक निर्देशक केशब पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा शेरबहादुर विश्वकर्माले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन कुशल बोगटीले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?