काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सदन अवरोधलाई जारी राख्ने बताउनुभएको छ। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
प्रचण्डले जनयुद्धलाई हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरीत, विस्तृत शान्ति सम्झौता विपरीत एमाले नेताहरुले अभिव्यक्ति दिएका कारण सदन अवरोधको स्थितिमा रहेको बताउनु भयो ।
उहाँले प्रतिनिधि सभामा सङ्ख्यामा कमजोर भए पनि विरासत, मुद्दा, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा आफूहरूको बारेमा गरिएको व्यवस्थाका कारण पनि कमजोर नरहेको बताउनु भयो । उहाँले कमजोर छौँ भनेर हीन भावना लिनु सही नहुने बताउनु भयो ।