सभामुखले दलका प्रमुख सचेतक/सचेतकसँग छलफल गर्न बोलाए बैठक

काठमाडौं : प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक/सचेतकलाई छलफलका लागि बोलाउनुभएको छ ।

आज बिहान ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उहाँहरूलाई छलफलका लागि बोलाउनु भएको हो ।

सभामुखले भदौ २६ गतेको बैठकमा नेकपा एमालेका सांसद योगेश भट्टराईले भदौ १२ गते प्रतिनिधि सभा बैठकमा प्रयोग गरेको ‘हिंसा’ शब्द हटाउन नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गर्नुभएको नियमापत्ति गर्नुभएको थियो ।

निर्णयमा असहमति जनाउँदै संसद अवरोध भएको थियो । माओवादी केन्द्रका सांसदहरूले संसद सञ्चालनमा अवरोध पुर्‍याएपछि बैठक स्थगित भएको थियो । सभामुखले त्यसबारेमा छलफल गर्न आज दलका प्रमुख सचेतक/सचेतकलाई छलफलका लागि बोलाउनु भएको हो ।

सभामुखले ‘हिंसा’ शब्दबारे दलहरूलाई साझा धारणा बनाउन, सुझाव दिन र निर्क्यौल गर्न कार्यव्यवस्था परामर्श समितिको भदौ १८ गतेको बैठकमा वृहत् छलफल गर्नुभएको थियो । त्यहाँ पनि सत्ता पक्ष र विपक्षले आ-आफ्ना अडान लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?