लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत मा सुशील ज्ञवाली

काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत मा सुशील ज्ञवाली नियुक्त भएका छन्। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई सीईओ नियुक्त गरेको हो ।

यसअघि उनी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सीईओ भएका थिए। राष्ट्रिय योजना आयोगको सदस्य पनि नियुक्त भएका उनी लगानी बोर्ड नेपालको सीईओ बन्न आवेदन ८ जना मध्य उनी नियुक्त भएका हुन् ।

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले सूचीकृत भएका ५ जनाको नाम संक्षिप्त सूचीमा प्रकाशित गरेको थियो। समितिले उनीहरुसँग मंगलबार अन्तर्वार्ता लिएर ३ जनाको नाम मन्त्रिपरिषद्मा पठाएको थियो।

समितिले ज्ञवालीसहित विष्णुप्रसाद भट्टराई, रघुराज काफ्ले, रामदेव यादव र भीष्मराज ढुंगानालाई संक्षिप्त सूचीमा सूचीकृत गरेको थियो।

यसअघि सीईओ सुशील भट्ट चार वर्षे कार्यकाल पूरा गरी साउन २१ मा बिदा भएका थिए। गत साउन २८ मा समितिले सार्वजनिक सूचना प्रकाशित गरी आवेदन माग गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?