आफ्ना कार्यकर्ता रिहा नगरे आन्दोलन गर्ने आजपाको घोषणा

काठमाडौं । आम जनता पार्टी (आजपा) ले केन्द्रीय सदस्य एवं अभियन्ता इन्जिनियर प्रमोद राणा साहलाई यथाशीघ्र रिहा गर्न माग गरेको छ । साथै भ्रष्टाचारको अडा बनेको नापी कार्यालय सप्तरीका अधिकृत सुमनकिशोर मिश्र लगायतका भ्रष्टकर्मचारीलाई छानविन गरी कानुनी कारबाही गर्न आजपाले माग समेत गरेको छ ।

सप्तरी जिल्लाको रुपनी गाउँपालिका वडा नं.१ निवासी आजपा केन्द्रीय सदस्य एवं अभियन्ता साहलाई पूर्वाग्रही ढङ्गले प्रहरीले बुधबार पक्राउ गरेको छ । साहलाई पक्राउ गरेपछि आजपा प्रवक्ता चन्द्रभुषण साहले एक विज्ञप्ति मार्फत घटनाप्रति आपत्ति जनाउँदै भत्र्सना गरेका छन् ।

‘सप्तरी जिल्ला नापी कार्यालयले बिचौलिया र करारको कर्मचारीमार्फत गर्दै आएको अनियमितता, भ्रष्टाचार एवं लुटआतंकको बारेमा पीडित सहितको सप्रमाण साथमा लिई थप बिषय बुझन र यस अपराधको बारेमा खबरदारी गर्न सोही कार्यालयको कार्यालय समयमा गएको सन्दर्भलाई लिएर भ्रष्टाचारका पक्षपोषक सरकार र तिनका मतियारको रुपमा सप्तरी प्रशासनले भ्रष्टाचारीलाई कानूनको दायरामा ल्याउनुको साटो उल्टै सप्तरी जिल्ला रुपनी गाउँपालिका वडा नं।१ निवासी हाम्रो आम जनता पार्टीका केन्द्रीय सदस्य एवं अभियन्ता ई।प्रमोद राणा साहलाई पूर्वाग्रही ढङ्गले मिति २०८१ भदौ १९ गते गिरफ्तार गरेको घटनाप्रति आपत्ति प्रकट गर्दै घोरभत्र्सना गर्दछौं’ आजपा प्रवक्ता साहले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

गिरफ्तार पार्टीका नेता एवं अभियन्ता साहलाई यथाशीघ्र बिनासर्त रिहा गर्न र देशको प्रमुख शत्रुको रुपमा रहेका दलाल, बिचौलिया एवं भ्रष्ट कर्मचारीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन आजपाले माग गरेको छ । साथै तिनीहरूलाई पक्षपोषण गरिरहेका सप्तरी जिल्ला प्रहरीका प्रमुख एसपी गजुसिद्धि बज्राचार्य लगायतका प्रशासकहरूलाई छानबिनको दायरामा ल्याउन सबै सरोकारवालाहरूको गम्भीर ध्यानाकर्षण सहितको जोडदार माग आजपाले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?