२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

राजनीतिक अस्थिरताको कारण अमेरिकी हस्तक्षेप र नेपाली सत्ता संकट हो : भरत सी

कञ्चनपुर , भदौ ०६ : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सी ले अमेरिकी हस्तक्षेप र नेपाली सत्ता संकटको कारण नै वर्तमान अस्थिरता बढेको बताएका छन् । उनले बिहीबार नेकपा कञ्चनपुरको औँठौ बैठकमा सो कुरा बताएका हुन् ।

उनले बंगलादेशको उदाहरण दिँदै त्यहाँ पनि बाहिरी रुपमा जनताले निरंकुश सत्ता ढालेको देखिएतापनि भित्री अन्तर्य भने अमेरिकाको खेल रहेको बताएका छन् ।

अमेरिका नेपालमा एमसीसी मार्फत नेपालमा कम्युनिस्ट आन्दोलन समाप्त गर्ने र अर्को चीनको उदयतालाइ रोक्ने दुई उद्देश्यले आएको उनको भनाइ छ । अमेरिकी हस्तक्षेप नेपाली जनताको मुख्य अन्तरविरोध हो भनेर पार्टीले अगाडि नै निकालेको निष्कर्ष पछिल्ला घटनाक्रमले साबित भएको उनले बताए ।

नेपालको सन्दर्भमा वर्तमान परिवेशमा राष्ट्रिय रूपमा विद्यमान रहेको जनताको निराशालाई चिर्ने काम नेकपाले गरिरहेको नेकपा नेता भरतले भने , उनका अनुसार “ पार्टीले गरेको संश्लेषण सही साबित भएको र पार्टी प्रति जनआकर्षण बढेको छ ।”त्यसै अनुरूप पार्टीले आगामी चुनावलाई नयाँ तरिकाले प्रयोग गर्ने नीति लिइएको उनको भनाइ छ ।

समाजवादको स्थापना गर्न र जनताको हितमा काम गर्न विचार मिल्ने पार्टीसँग एकता गर्ने वस्तुगत आबस्यकता रहेको नेता भरतले बताए ।

बिहीबार कन्चनपुरमा जिल्ला सचिव दिवार सी को अध्यक्षतामा बसेको जिल्ला पार्टीको बैठकले अन्तरकृया कार्यक्रम गर्ने , संगठन सुदृढीकरण गर्ने , जिल्ला पार्टीका सदस्यहरूलाई आय आर्जनसंग जोड्ने लगायतका विभिन्न निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?