२७ माघ २०८१, आइतवार
२७ माघ २०८१, आइतवार

सुर्खेत –काठमाडौं समाजवादी मञ्च द्वारा १५ सदस्यीय कार्यसमिति गठन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको सुर्खेत –काठमाडौं समाजवादी मञ्च द्वारा १५ सदस्यीय कार्यसमिति गठन गरिएको छ । आइतबार काठमाडौंको राष्ट्रिय महिला आयोगको हलमा आयोजित मञ्चको पहिलो भेलाले जङ्ग बहादुर डाङ्गीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।

oplus_2
कार्यक्रमका प्रमुख अतिथि, विशेष अतिथि तथा उपस्थित वक्ताले आफ्नो मन्तव्य राख्ने क्रममा “सुर्खेत -काठमाण्डाैं समाजवादी मञ्चले नेपाली विशेषताको समाजवाद निर्माणमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने र काठमाण्डाैंमा बस्नुहुने सम्पूर्ण सुर्खेतीहरुको चौतर्फी हितमा काम गर्नुपर्ने कुरालाई जोड दिएका छन ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवं श्रमिक समुदाय मोर्चाका अध्यक्ष रामलाल सी को प्रमुख आथित्यता रहेको उक्त कार्यक्रममा,अध्यक्षतामा जीत सी को रहेको थियो ।

भेलामा नेकपा स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज सुशील सी,नेकपाका पोलिटब्युरो सदस्य खुमा सी,नेकपा केन्द्रीय सदस्य आरोही सी साथै कलाकार खगेन्द्र बिश्वकर्माको विशेष उपस्थिति रहेको थियो ।

प्रथम भेलाले खगेन्द्र विश्वकर्मालाई सल्लाहकार चयन गरेको छ भने सचिव – टेक बहादुर पाण्डे,सदस्यहरु धिरेन शाही,चक्र सलामी,सन्देश शाही,कुलदीप जंग शाही,अमर बहादुर बुढा ,चन्द्र बहादुर बि.क. सहित ७ सदस्यीय पछि थप्ने गरी १५ सदस्यीय कमिटी निर्माण गरेको छ ।

भेलाको संचालन अखिल समाजवादीका सचिवालय सदस्य तुलराज सीले गरेका थिए भने स्वागत कलाकार खगेन्द्र विश्वकर्माले गीत मार्फत गरेका थिए । उक्त कार्यक्रममा इन्द्रेणी का कलाकार खगेन्द्र बिश्वकर्माको दमदार साँगीतिक प्रस्तुति पनि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?