सहकारी प्रकरणको छानविन गर्न बनेको समितिले न्याय दिन सक्दैन : चित्रबहादुर केसी

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले सहकारी प्रकरणको छानविन गर्न बनेको समितिले न्याय दिन नसक्ने बताएका छन् ।

सोमबार काठमाडौंको माइतिघर पुगेर सहकारी पिडितको आन्दोलनलाई समर्थन जनाउदै केसीले सहकारी छानविन समितिको प्रतिवेदन कार्यान्वयन हुन नसक्ने र पिडितहरुले न्याय नपाउने बताएका हुन् ।

उहाले सत्ताकै आडमा सहकारी बचतकर्ताको रकम हिनामिना भएको भन्दै सांसदहरु रहेको छानविन समितिले सत्ताको प्रभावका कारण निष्पक्ष काम गर्न नसक्ने जिकिर गरे ।

केसीले राज्यशक्तिको आडमा नेपाली जनताको पसिनामा कसैले पौडी खेल्न नपाउने उल्लेख गरे । सहकारीबाट बचत रकमफिर्ताका लािग निर्णायक आन्दोलन गर्न उहाले सुझाव दिए ।

सहकारी बचत अपचलनकर्तालाई कारवाही गर्दै बचतकर्ताको रकम फिर्ता गर्ने सहमति सरकारले गरेपनि कार्यान्वयन नभएको भन्दै पिडितहरुले माइतिघरमा निरन्तर प्रदर्शन गरिरहेका छन् । सरकारले आफूहरुसँग विगतमा गरेका कुनै पनि सम्झौता कार्यान्वयन नगरेकाले आन्दोलन गर्नुपरेको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?