किन देश दौडाहामा छन नेकपाका विप्लव सहितका नेताहरु ?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सी धरान पुगेका छन् । विप्लव बुधबार अपरान्ह २ बजेको हवाई उडानमार्फत विराटनगर हुँदै धरान पुगेका हुन् ।

वैसाख २० गते धरानको लाङ्‌‌घाली सामुदायिक वनमा हुने प्रदेश १ स्तरिय प्रशिक्षण कार्यक्रम र भेटघाटमा सहभागी हुन विप्लव सी धरान पुगेको विप्लवसँगै रहेका केन्द्रीय सदस्य अडिग सीले बताए । विप्लवसँग नेकपा स्थायी समिति सदस्य विषम सी, अनिल सी, शिलु सी, भरत सी, सुशिल सी पनि देश दौडाहमा निक्लिएका छन् ।

९औं केन्द्रीय समितिको पाँचौं पूर्ण बैठकले गरेको निर्णय अनुसार स्थायी समिति सदस्यहरु कोही आफ्नो कार्यक्षेत्रमा पुगिसकेका छन् भने कोही पुग्दैछन् । स्थायी समिति सदस्यहरु विषम सी २३ गते बस्ने लुम्बिनी प्रदेशको बैठकका लागि बुटवल पु्गेका छन् । बैठक पश्चात २५ गते प्रदेश स्तरिय प्रशिक्षण तथा अभियान उद्‌द्घाटन कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ ।

त्यस्तै मधेस प्रदेशको बैठक लागि प्रदेश इन्चार्ज तथा स्थायी समिति सदस्य अनिल सी ढल्केवर, धनुषा पुगेका छन् । बैठक २१ गते लालबन्दीमा बस्नेछ भने २५ गते प्रशिक्षण तथा अभियान उद्घाटन हुने मधेस प्रदेश इन्चार्ज तथा स्थायी समिति सदस्य अनिल सीले बताए । वैशाख २५ गते कार्यकर्ता प्रशिक्षण तथा अभियान उद्‌घाटन गर्न पार्टी महासचिव विप्लव सी मधेस प्रदेश पुग्ने बताइएको छ ।

त्यसैगरी वैशाख २२ गते गण्डकी प्रदेशको बैठक बस्ने भएको छ । बैठकका लागि स्थायी समिति सदस्य तथा प्रदेश इन्चार्ज शिलु सी पोखरा पुग्न लागेको नेकपा केन्द्रीय सदस्य कपिल सीले जानकारी दिए । गण्डकीको अभियान उद्‌घाटन २५ गते पोखरामा हुने छ ।

उता सुदुर–पश्चिम प्रदेशको बैठक २२ गते बस्नेछ । बैठकका लागि प्रदेश इन्चार्ज तथा स्थायी समिति सदस्य भरत सी शुक्रबारमात्र धनगढी पुग्ने बताइएको छ ।

कर्णाली प्रदेश इन्चार्ज सुशिल सी यात्रामा रहेका छन् । उनी यात्रामै रहेकाले सम्पर्क हुनसकेन । बागमती प्रदेश इन्चार्ज तथा प्रवक्ता प्रकाण्ड सी बिरामी रहेका कारण प्रदेश बैठकको मिति तोकिएको छैन । नेकपा केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार बैठकको तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?