८४ को निर्वाचन समाजवादका लागि प्रयोग गर्नेछौं : बिप्लव सी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिब बिप्लव सी ले २०८४ को संसदीय निर्वाचन समाजवादका लागि प्रयोग गर्ने पार्टीको निर्णय भएको बताएका छन् । मंगलबार नवौं केन्द्रीय समितिको पाँचौ पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्दै विप्लवले पुरानो स्कुलिङलाई भत्काएर चुनावलाई समाजवादी अभियानका रुपमा प्रयोग गर्नुपर्ने बताएका हुन् ।

निर्वाचन प्रयोग भन्ने बित्तिकै संसदीय भासमा फस्ने भन्ने नभएको बताउँदै विप्लवले निर्वाचन प्रयोग पनि एकीकृत जनक्रान्तिको निरन्तरता भएको जानकारी दिए । ‘यो हामीले भनेको ५ प्रयोग मध्यको अर्को प्रयोग हो । हामीले २० औं सताब्दीको प्रयोग र विचारलाई मात्र सबथोक ठान्नु हुन्न २१औं सताब्दीको नयाँ दृष्टिकोणलाई व्यवहारमा ल्याउनु पर्छ।’, उनले भने, ‘निर्वाचन प्रयोग क्रान्तिकै एउटा मोर्चा हो तर सबथोक होइन, नेपालमा नेपाली विशेषताको समाजवाद ल्याउन विभिन्न बाटोहरु छन् । संविधान संशाेधन गरेर जान सकिन्छ त्यो भएन भने जनमत सङ्ग्रह, लाखौं जनसमुदायलाई लिएर सडकबाट स्थापित गर्न सकिन्छ । त्यसैको तयारीको एउटा रुप निर्वाचन प्रयोग हो ।’

विप्लवले नेपालमा ६५ प्रतिशत जनताहरु समाजवादको पक्षमा रहेकाले कम्युनिस्ट, समाजवादी, देशभक्त शक्ति, लोकतन्त्रवादी र चार मित्रवर्ग र चार मित्र शक्ति अनि ६ मित्रसमुदाहरुलाई साथमा लिएर समाजवादी अभियानमा लाग्नु पर्ने बताए । उनले भने, ‘हाम्रो केन्द्रीय समितिको बैठकले ४ मित्रवर्ग, ४ मित्र शक्ति र ६ मित्रसमुदायको पहिचान गरि सहकार्यको अवधारणा अघि सारेको छ । यी शक्तिहरुलाई साथमा नलिएर एक्लै समाजवादमा पुग्न नसकिने पार्टीको विश्लेषण छ ।’

उनले आफ्नो पार्टीले एकीकृत जनक्रान्तिलाई स्थापित गर्न क्रान्तिका सबै बाटोहरु खुल्ला गरि विगतदेखि नै सफल प्रयोग गर्दै आएको जिकिर गरे । निर्वाचन बहिस्कारमा लाखौं जनताको सहभागी भएपनि पछि पार्टी र जनताको सम्बन्ध टुटेको स्मरण गर्दै विप्लवले चुनाव बहिस्कार मात्रै गरेर केही पनि नहुने बताए । ‘जनताले बहिस्कार मात्र गरेर हुँदैन एकपटक प्रयोग पनि गर्न सुझाव दिएका छन् । त्यही भएर हामी सम्पूर्ण कम्युनिस्ट, समाजवादी, देशभक्त क्रान्तिकारीहरुसँग एकता/सहकार्यको नीति अघि सार्दै २०८४ को निर्वाचनमा सबैसँग सहकार्य गर्दै समाजवादका निम्ति समाजवादी अभियानको रुपमा प्रगोग गर्ने सोचमा पुगेका छौं’, उनले भने ।

नेपाल अहिले भुराजनीति चपेटामा पिल्सिदै गएकाले देशमा गम्भीर संकट पैदा भएको बताए । उनले अहिले नेपालमा बल प्रयोग गरेरै भएपनि एमसीसी कार्यन्वयन गर्ने षड्यन्त्र भैरहेकाले त्यसको विरुद्ध सरकारलाई दवाब सिर्जना गरेर यसलाई नेपालको कानुनको दायरामा ल्याउनु पर्ने बाताए । उनले भने, ‘विगतमा हाम्रो पार्टीले एमसीसीको विरुद्ध निरन्तर आन्दोलन संघर्ष गर्यो । आन्दोलनमा सयौं युवाहरु घाइते भए । त्यसले एउटा खालको दबाब त सिर्जना गर्यो तर हाम्रो आन्दोलनप्रति लक्षित गर्दै गलत भास्य प्रयोग भयो । त्यसैले अहिले हाम्रो पार्टीले एमसीसी लगाएतका राष्ट्रघाती सम्झौताको विरुद्ध कानुनी तवरले दबाब सिर्जना गर्ने निर्णय लिएको छ । यदी यताबाट सम्भव भने, हाम्रा कुरा सुनिएन भने, अर्को कठोर संघर्षको पाटो छ्दैछ।’

नेपालमा अहिले साम्राज्यवादले योजनावद्ध ढङ्गबाट कम्युनिस्टहरुलाई जनतालाई, समाजवादी विचारलाई हराउन नसकेपछि धर्म अगि सारेर जनतालाई भौतिकवादी र कम्युनिस्टहरुको विरुद्ध साम्राज्यवाद लागेको आरोपसमेत लगाए ।

नेकपाका स्थायी समिति सदस्य तथा प्रचार विभाग इन्चार्ज अनिल सीले संचालन गरेको कार्यक्रमा नेकपाका स्थायी समिति सदस्य विषम सी, शिलु सी, रणवीर सी, सुशील सीको आतिथ्यता रहेको थियो भने पोलिट ब्युरो सदस्यहरु कृति सी, माइला सी, आस्था सी लगायत युप्रै केन्द्रीय सदस्य तथा प्रतिनिधि समिति सदस्यहरुको आतिथ्यता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?