२० चैत्र २०८२, शुक्रबार
२० चैत्र २०८२, शुक्रबार

हिजो मात्रै मुख्यमन्त्री नियुक्त भएका सोडारी आजै अल्पमतमा , कति टिक्छ सरकार ?

काठमाडौं । सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी गठबन्धनका दलहरुको समर्थनमा हिजो मात्रै मुख्यमन्त्री नियुक्त भएका थिए । उनले हिजै पद तथा गोपनीयताको शपथ पनि लिए । तर आजै मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन् ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का एक प्रदेशसभा सदस्यले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका हुन् । मुख्यमन्त्री सोडारीले विना विभागीय मन्त्रालय दिने तयारी गरेका नाउपा प्रदेशसभा सदस्य टीका थापाले अपमान गरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेकी छन् ।

सत्तारुढ दल नेकपा एमालेको आनाकानीका बाबजुद सोडारी मुख्यमन्त्री बनेका हुन् । एमालेले सोडारी विवादास्पद व्यक्ति भएको भन्दै अन्तिम समयसम्म पात्र परिवर्तनको अडान राखेको थियो । तर, अहिले आएर एमालेले समर्थन गरेपनि सोडारी नेतृत्वको सरकार संकटमा परेको छ । एमालेले तत्काल सरकारमा नजाने निर्णय गरिसकेको छ ।

सोडारी माओवादीका १०, एमालेका १०, समाजवादीका ४, स्वतन्त्र १ र २ जना नाउपा रञ्जीता पक्षका दुई गरी २७ सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । नाउपाका ७ प्रदेशसभा मध्ये ५ जना रेशम चौधरीक पक्षमा छन् । रेशम पक्ष सोडारी नेतृत्वको सरकारलाई समर्थन नगर्ने पक्षमा छन् ।

एकजनाको समर्थन नहुनेवित्तिकै मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउँदैनन । ५३ सदस्यीय प्रदेशसभा रहेको सुदूरपचिश्ममा कांग्रेसका १ जना प्रदेशसभा सदस्यको निधन भएपछि अहिले ५२ सदस्य छन । बहुमतमा लागि २७ जना सदस्यको संख्या आवश्यक पर्छ । तर, नाउपाकी थापाले सोडारीलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेसँगै मुख्यमन्त्री सोडारी संकटमा परेका हुन् । अब कति दिन सरकार टिक्छ भन्ने प्रश्न खडा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?