कैलाली : कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालककी छोरी भारतमा हराएकी छन् । हिजो (सोमबार) बाट मेयरकी छोरी आरती हमाल बेपत्ता भएकी हुन् ।
मेयर हमालले भारतको गोवास्थित जोरबा वाईब आस्बिन ब्रीजबाट आफ्नी जेठी छोरी हराएको बताएका छन्। यस्तै मेयर हमालले सामाजिक सञ्जालमार्फत आफ्नी बेपत्ता भएकी छोरी ओशो साधक भएको र उनी केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएको बताएका छन ।
मेयर हमालले सामाजिक सञ्जालमा यो कुरा सार्वजनिक गर्दै आफ्नी छोरीको खोजी कार्यमा सहयोग गर्न अपिल समेत गरेका छन् ।














