एमाले कञ्चनपुर जिल्ला सम्मेलन : चुनावको माग अघि सार्दै पार्टी कार्यालयमा धर्ना

कञ्चनपुर, ५ चैत्र : नेकपा एमाले कञ्चनपुरमा बबण्डर मच्चिएको छ । गत बिहिबारदेखि शुरु भएको एमाले ९ औँ जिल्ला सम्मेलनमा बबण्डर मच्चिएको हो ।

अधिवेशन शुरु भएको पाचौँ दिनसम्म पनि चुनाव हुन नसकेको भन्दै केही कार्यकर्ता धर्नामा बसेका छन । पाटी पोलिट्ब्यूरो तथा जिल्ला इन्चार्ज नारदमुनी राना अध्यक्ष मण्डल रहेको कमिटीले आफु अनुकुल नेता कार्यकर्तालाई पदाधिकारी बनाएर जिल्ला कमिटि घोषणा गर्न लागेको भन्दै उनीहरु धर्ना बसेका हुन ।

पुनर्वास एमाले नेतृ शान्ति कुमारी तामाङ्गले चार दिनसम्म रोकाएर अन्तिममा केही नेताको स्वार्थमा लागेर चुनाव स्थगित गराउन लागेको भन्दै बाध्य भएर धर्नामा बसेको बताए ।

‘हाम्रो माग चुनाव हो, टिका लगाएर कसैलाई हामीले नेता मान्दैनौँ, ‘उनले भनिन, ‘सहमती गर्ने भए अनि हामी प्रतिनिधीलाई यतिका दिनसम्म किन रोकाएर राखेका हौँ ।’ माग पुरा नहुँदासम्म आन्दोलन जारी राख्ने उनको चेतावनी छ ।
पाटीका लागि रातदिन खटिने नेता, कार्यकर्ताहरुको भावना लत्याउँदै आफु निकट अनुकुल नेताहरुलाई मात्रै समेट्न खोजिएको भन्दै उनले लोकतान्त्रिक विधीबाट चुनाव गराउनुपर्ने बताईन ।

यस अघि सोमबार बिहानै सचिवका उम्मेदवार कर्ण बहादुर चन्दले पाटी कार्यालय निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका थिए । पाटी अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा यता अध्यक्ष मण्डलले पदाधिकारी सहित जिल्ला सदस्य घोषणाको तयारी गरिरहेको छ ।
एमाले कञ्चनपुर ९औँ जिल्ला अधिवेशनका लागि ४सय ६४जना प्रतिनिधी छनौट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?