५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

सुदुरपश्चिममा नेपाली कांग्रेस सांसदहरुलाई मन्त्रीको अफर गरी सरकार जोगाउने प्रयासमा

कैलाली । केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले कांग्रेस लगायतका दलहरु संगको सत्ता समीकरण फेरेर एमाले लगायतका दलहरु संग नयाँ सत्ता गठबन्धन बनाएपछि त्यसको असर प्रदेश सरकार सम्म परेको छ । प्रचण्डको यो पछिल्लो कदमले नेपाली कांग्रेस सत्ता पहिलो ठूलो दल हुँदा पनि सत्ता बाहिर बस्न बाध्य छ । त्यसैको आक्रोश सुदूरपश्चिम प्रदेशका कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले पोखे । उनले नयाँ सत्ता समीकरण पश्चात माओवादी केन्द्रका तीन जना र एकीकृत समाजवादीका एकजना मन्त्रीलाई बर्खास्त गरे । अहिले एकीकृत समाजवादी र माओवादी केन्द्रले मुख्य मन्त्री कमल बहादुर शाहलाई दिएको विश्वासको मत फिर्ता लिने निर्णय गरेका छन् । यी दुई दलको समर्थनमा मुख्यमन्त्री बनेका शाह अहिले अल्पमतमा परेका छन् र उनी सरकार जोगाउने प्रयासमा देखिन्छन् ।

मुख्यमन्त्री शाहले हिजो नागरिक उन्मुक्ति पार्टीबाट तीनजना मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री शाहले नाउपा संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिलामन्त्री, खुसीराम चौधरीलाई बिनाविभागीय मन्त्री र इन्दिरा गिरीलाई भूमि व्यवस्था राज्यमन्त्रीको जिम्मेवारी दिएका छन् ।

नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार राति नै प्रदेश प्रमुख देवराज जोशीसमक्ष शपथ लिए ।

मुख्ममन्त्री शाह मन्त्रिपरिषदमा नागरिक उन्मुक्तिसँगै स्वतन्त्र सांसद तारा जोशी र राष्ट्रिय प्रजातन्त्र पार्टीकी खेमादेवी विष्टलाई पनि मन्त्रालय दिएर भए पनि समावेश गर्ने प्रयासमा छन् । जोशी र विष्टले साथ दिए प्रदेशमा कांग्रेस नेतृत्वको सरकार कायम रहने छ । तर, अहिलेसम्म राप्रपाले सरकारमा जाने निर्णय गरेको छैन ।

सुदुरपश्चिम प्रदेश सभामा नेपाली कांग्रेसबाट १९( एकजना सांसदको निधन – हाल १८), माओवादी केन्द्रबाट ११ , नेकपा एमालेका १० , नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ , राप्रपा १ र १ जना स्वतन्त्र व्यक्ति प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । अहिले केन्द्रमा नेकपा एमाले, नेकपा माओवादी केन्द् र एकीकृत समाजवादी सहितको सरकार छ । त्यसै अनुरूप सुदुरपश्चिम प्रदेशमा पनि यी तीनै पार्टी सरकार बाहिर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?