अन्तर्राष्ट्रिय महिला दिवस विश्वभरी महिलाहरूको जागरूकता, समाजिक, राजनीतिक, आर्थिक, र साँस्कृतिक क्षेत्रमा उनीहरूको समस्याहरूको बारेमा वकालत गर्ने र जागरुक बनाउने उद्देश्यको लागि मनाइने दिन हो । यो महिलाहरूको अधिकार, सशक्तिकरण,लैङ्गिक समानता, रोजगार, शिक्षा, आर्थिक विकास, र सामाजिक सुरक्षा प्रतिको बारेमा चर्चा गर्नका लागि एक महत्त्वपूर्ण दिन हो ।
महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई महत्वपूर्ण दिनमा रुपमा मान्ने गरिएको छ ।
इतिहास:
संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले २८ फेब्रुअरि १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो। सोशलिस्ट पार्टीले सन १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरि १९०९ को दिन महिला दिवस मनायो। यसपछि यो फेब्रुअरि को अन्तिम आइतबारको दिन मनाइन थालियो। १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तराष्ट्रिय दर्जा प्राप्त भयो। त्यस समय यसको प्रमुख ध्येय महिलाहरूलाई मताधिकार दिनु थियो, त्यस समय महिलाहरूलाई मत दिने अधिकर कतिपय देशहरूमा थिएन।
१९१७ मा रसियाको महिलाहरूले, महिला दिवसमा गास र कपासको लागि हडतालमा जाने निर्णय गरे। यो हडताल पनि ऐतिहासिक थियो। जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरूलाई वोट दिने अधिकार दियो। त्यस समय रुस मा जुलियन क्यालेन्डर को प्रचलन थियो र बाकी धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो। इ दुई दिनमा केहि फरक छ। जुलियन क्यालेन्डर अनुसार १९१७ को फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरी मा पर्थ्यो जब की ग्रेगेरियन कयालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो। त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो। त्यसैले ८ मार्च महिला दिवसको रूपमा मनाइन थालियो । सन् १९९६ मा राष्ट्रसङ्घले “विगत मनाउँदै, भविष्यबारे योजना गर्दै” भन्ने विषयलाई आत्मसात् गर्यो।
यो दिनको राजनीतिक धरातल निरन्तरको असमानताबारे चेतना जगाउनका लागि आन्दोलन र प्रदर्शन आयोजना गर्ने भन्ने हो ।
नेपालको सन्दर्भमा महिलाहरुले संघर्ष गरेकाे लामो समय विती सक्दा पनि आजसम्म महिला उत्पीडिन भयावह अवस्थामै रहेको छ । महिलाहरुको अधिकारका लागि संघर्ष थालनी गरेको ११४ वर्ष पुगिसक्दा आज पनि महिलाहरु अपहेलित भएर बाँच्नु परिरहेको अवस्था छ । महिलालाई घर, टोल, समाज हुँदै राज्य तहमै दोस्रो दर्जाको रुपमा हेर्ने काम भइरहेको छ । उनीहरु बलात्कार र घरेलु हिंसाका शिकार भइरहेका छन् । घाँस, दाउरा र चुल्हो चौकामा सीमित गरिनुका साथै महिलाहरु अपमानित ढंगले थिचोमिचो गरिएको गुनासो हटेको छैन ।
महिलाहरुमाथि असमानता मात्र होइन, सामाजिक असुरक्षा पनि उस्तै छ । आज पनि महिलाहरुमाथि बलात्कारका घट्नाहरु दिनप्रतिदिन बढिरहेका छन् । महिलालाई बोक्सीको आरोमा दुब्र्यवहार गर्ने कामहरु पनि भइ नै रहेका छन् । राजधानीमै किशोरीहरुमाथि तेजाव हाल्ने जस्ता जघन्य अपराधका घटना भएका छन्
यस दिनलाई महिलाहरूले संसारका महिलाहरुलाई सशक्तिकरण, रोजगार, शिक्षा, आर्थिक विकास, र सामाजिक सुरक्षा जस्ता हक अधिकारका बारेमा चर्चा गर्न जरूरी छ ।
नेपाली समाजमा महिलाको अबस्था: