३ फाल्गुन २०८१, शनिबार
३ फाल्गुन २०८१, शनिबार

कञ्चनपुरको पोल्खरी स्थित शिव मन्दिरमा हर्षोल्लासका साथ मनाइयो महाशिवरात्रि

कञ्चनपुर ,फागुन २५ : प्रत्येक वर्ष झैं यो वर्ष पनि हर्ष उल्लासका साथ शिवरात्रि मनाइएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका ५ पोल्खरी स्थित शिव मन्दिरमा हर्सोल्लासका साथ महाशिवरात्रि पुजा रुद्राअभिषेख तथा संगितमय अखण्ड भजन कार्यक्रम मनाइएको छ । राष्ट्रिय भजन गायकका साथमा गरिएको दुई दिवसीय संगीतमय अखण्ड भजन तथा महाशिवरात्रि विभिन्न पूजाआजाका साथ हिजो (बिहीबार) र आज(शुक्रबार) मनाइएको हो ।

भिडियो :

बेदकोट नगरपालिका ५ पोल्खरी पिपलडाँडा स्थितको शिव मन्दिर यस वर्ष पहिलो पटक महाशिवरात्रि मेला मूल आयोजक समिति तथा शिव मन्दिर धार्मिक क्षेत्र संरक्षण समितिको आयोजनामा महाशिवरात्रि पुजा रुद्राअभिषेख तथा संगितमय अखण्ड भजन कार्यक्रम गरिएको जनाइएको छ । मन्दिरमा भक्तलुजनको भीडभाड रहेको देखिन्छ ।
मन्दिरमा भक्तजनको भीड

एक स्थानीय धन सिंह खडायतका अनुसार २०६२ सालतिर स्थापना भएको सो मन्दिरमा यस भन्दा पहिले स्थानीयले गौरा पर्वको विर्सजन गर्ने मन्दिरको रुपमा प्रयोग गर्दै आएका थिए । “यो वर्षबाट महाशिवरात्रि मनाउने प्रारम्भ गरेका छौं आगामी दिनमा यसलाई एउटा प्रसिद्द धार्मिक र पर्यटकीय स्थलको रुपमा विकास गर्ने लक्ष्य हामी सबैको छ । यस कार्यमा सरोकारवाला निकाय र सरकारले यसको संरक्षण , सम्बर्द्धन तथा पूर्वाधार विकासको लागि सहयोग गर्नु आबस्यक छ ।” स्थानीय खडायतले भने ।’उनका अनुसार मन्दिरमा दिनभर करिब ७/८ सय भक्तजनले दर्शन गर्ने बताए ।

शिव मन्दिर धार्मिक क्षेत्र संरक्षण समितिका अध्यक्ष डम्बर प्रसाद पन्तले प्राचीन समय देखिको एतिहासिक धार्मिक महत्व बोकेको मन्दिर रहेको बताए । अध्यक्ष पन्तले प्रदेश सरकार र स्थानीय सरकारको सहयोगमा केही पूर्वाधार निर्माण भए पछि यो वर्ष व्यवस्थित ढंगले महाशिवरात्रीको मेला लगाएको जानकारी दिए । मन्दिरलाई थप व्यवस्थित बनाउन र विश्वसनीय धार्मिक स्थलको रुपमा स्थापित गर्नका लागि प्रचार प्रसार गर्न सबैको सहयोग आबस्यक रहेको पन्तको भनाइ छ । यस्तै अर्का स्थानीय तथा श्रद्धालु खेमराज अवस्थीले मन्दिरमा नवदुर्गा भवानीको पूजा आराधना गरेका मनोचाहना पूरा हुने जनविश्वास रहेको बताए । अवस्थीले मन्दिरमा अन्य महिनामा पनि स्थानीयले विभिन्न धार्मिक चाडपर्वमा पूजाआजा गर्ने चलन रहेको बताएका छन् ।
स्थानियहरु

महाशिवरात्रीको अवसरमा बिहानैदेखि दर्शनार्थीको घुँइचो लागेको मेला आयोजक समितिका संयोजक सोमराज जोशीले जनाएका छन । आज कञ्चनपुर जिल्ला सहित देशैभरिका विभिन्न धार्मिक क्षेत्रमा हर्षका साथ महाशिवरात्रि मनाइँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?