१६ मंसिर २०८१, आइतवार
१६ मंसिर २०८१, आइतवार

प्रचण्डको पछिल्लो निर्णय राजनीतिक बेइमानी : नेपाली कांग्रेस

काठमाण्डौं, फागुन २४ : नयाँ सत्ता गठबन्धन बने पछि नेपाली कांग्रेसले आफू संग रहेको गठबन्धन अप्रत्यासित रुपमा तोडेर प्रचण्डले राजनीतिक बेइमानी गरेको आरोप लगाएको छ । नेपाली कांग्रेसको आज बिहान बसेको संसदीय दलको बैठकले पछिल्लो सत्ता समीकरणका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको निर्णय राजनीतिक बेइमानी रहेको प्रमुख सचेतक रमेश लेखकले बताएका हुन् ।

साथै नेपाली कांग्रेसले आज बसेको संसदीय दलको बैठकबाट प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वास मत फिर्ता लिने निर्णय समेत गरेको छ । प्रमुख सचेतक लेखकले आफ्नो पार्टी अब एउटा सक्षम प्रतिपक्षको भूमिकामा रहने बताएका छन् । उनले भने , “ हाम्रो पार्टीका सबै सांसदहरुलाई प्रतिनिधि सभामा जनताका मुद्दामा रचनात्मक र सिर्जनात्मक ढंगले प्रस्तुत भई बलियो प्रतिपक्षको रुपमा काम गर्न निर्देशन दिईएको छ ।”प्रचण्डले नयाँ सत्ता गठबन्धन गरे पछि कांग्रेस प्रति जुन किसिमको आरोप लागेका छन् त्यो गलत र कपोलकल्पित रहेको कांग्रेस नेता लेखकको भनाइ छ ।

यसअघि नेपाली कांग्रेस सहितका दल संगको गठबन्धन तोडेर प्रचण्डले नेकपा एमाले, एकीकृत समाजवादी र राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरु संग नयाँ सत्ता समीकरण बनाएर हिजो मात्रै १९ जना मन्त्रीले सपथ खाई नयाँ मन्त्रिमण्डल विस्तार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img
spot_img
spot_img

छुटाउनुभयो कि ?