माओवादी केन्द्रद्वारा कञ्चनपुरका सहिद वेपत्ता परिवारलाई सम्मान

कञ्चनपुर, फागुन २१ : नेकपा माओवादी केन्द्र कञ्चनपुरले सहिद वेपत्ता परिवारलाई सम्मान गरेको छ । माओवादी केन्द्र कञ्चनपुरले जिल्लाका विभिन्न गाँउबस्तीका सहिद वेपत्ता परिवारलाई सम्मान गरेको हो । माओवादी केन्द्र कञ्चनपुरका सयोजक खेमराज पाण्डेयले सहिद सप्ताह समापन कार्यक्रममा पाटीले जिल्लाभरीका झण्डै २सय सहिद,वेपत्ता परिवारलाई सम्मान गरेको बताए ।

‘जनयुद्ध, दोस्रो जनआन्दोलनका क्रममा सहिद तथा वेपत्ता पारिएका घर परिवारका आफन्तलाई हामीले सम्मान गरेका छौँ, ‘उनले भने, ‘सहिदले देखाएको मार्गमा अघि बढ्ने र सहिदले गरेको योगदानको सम्मानका लागि सम्मान गरेका छौँ ।’ नेकपा माओवादी केन्द्र सुप प्रदेशका इन्चार्ज गिरिराजमणी पोखरेलको प्रमुख आथित्यमा भएको सम्मान कार्यक्रममा नेकपा माओवादीका केन्द्र, प्रदेश, जिल्ला, पालिका स्तरका स्थानीय नेता कार्यकर्ताहरु सहभागि रहेका थिए । आफ्ना परिवारका सदस्यहरुले गरेको जनयुद्धदेखि दोस्रो जनआन्दोलन सम्मका संघर्षका कार्यक्रममा देहान्त एव वेपत्ता भएका परिवारले मुलुक बनाउनमा गरिएको योगदानको पाटीले कदर गरेको अनुभव व्यक्त गर्दै सहिदको सपना साकार पार्नुपर्नेमा जोडदिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?