काठमाण्डौं : महासचिव विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनले नाम परिवर्तन गरेको छ । २३ राष्ट्रिय सम्मेलनको बन्द सत्रबाट संगठनको नाम अखिल (समाजवादी) राख्ने प्रस्ताव पारित गरेको छ ।
यस भन्दा पहिला संगठनको नाम अखिल (क्रान्तिकारी) रहेको थियो । यतिबेला संगठनको २३ राष्ट्रिय सम्मेलन टियू किर्तिपुरमा चलिरहेको छ । फागुन ६ गते उद्घाटन भएको सम्मेलनको अहिले बन्द सत्र चलिरहेको छ ।