कैलाली, माघ १७ : नेपाल कम्युनिस्ट पार्टी सेती व्युरोको उत्पादन रहेको कम्म्युनमा प्रयोगात्मक सिकाइका (ओजेटी) लागि विद्यार्थीहरू आएका छन् । बुधबार नेकपाको आलु खेती रहेको फर्ममा श्री पहलमानसिङ मेमोरियल शिक्षालयका विद्यार्थी कृषि जेटिए अध्यनरत विद्यार्थीहरु आएको जनाइएको छ ।
विद्यार्थीहरू हाम्रो उत्पादनमा आएर प्रयोगात्मक सिकाइ हासिल गरिरहेका छन् , नेकपा कैलाली इन्चार्ज प्रकाश सी ले भने । उनका अनुसार जेटिए अध्यनरत विद्यार्थीहरू पढाइका सँगै सिकाइलाई प्रभावकारी बनाउन अवलोकन तथा ओजेटिका लागि आएका हुन् ।
कैलालीको घोडाघोडी स्थित रतिपुरमा नेकपाले करिब ५ बिघा बढी जमीनमा आलु खेती गरेको छ ।