अखिल (क्रान्तिकारी) कैलाली बहुमुखी क्याम्पसको अध्यक्षमा योगेश सी

कैलाली, माघ १४ : नेपाल कम्युनिस्ट पार्टीका निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी कैलाली बहुमुखी क्याम्पसको ९ औं इकाई सम्मेलन सम्पन्न भएको छ । आईतबार क्याम्पसमा सभाहलमा भएको सम्मलेनले योगेश सीको नेतृत्वमा ४१ सदस्यीय इकाई समिति चयन गर्दै सम्मेलन समापन भएको हो ।

सम्मेलनले अध्यक्षमा योगेश मडैं, उपाध्यक्षमा रुपा सिंह, सचिवमा सिर्जना बोहोरा, सहसचिवमा जनक सार्की र कोषाध्यक्षमा पवित्रा राना सहित ४१ सदस्यीय इकाई समिति चयन गरेको छ ।

सम्मेलनमा प्रमुख अथिति रहेका नेकपा कैलाली दक्षिण पूर्वी जिल्ला सचिव विरु सी विद्यार्थीको हक हितमा मुद्दामा अखिल क्रान्तिकारीले सदैव पहलकदमी लिनुपर्ने बताए । समाजवादी शिक्षा स्थापनार्थ संघर्षमा जुट्न सबै युवा विद्यार्थी तयार हुनुपर्छ , उनले भने । वर्तमान राजनीतिक संकटको कारण दलाल संसदीय व्यवस्था भएको बताउँदै अहिलेको राज्यसत्ता परिवर्तन हुनु जरुरी रहेको उनको भनाइ छ ।

उक्त सम्मेलनमा पार्टीका केंद्रीय प्रतिनिधि सदस्य बिनोद सी, अखिल क्रान्तिकारी मध्य कमाण्ड इन्चार्ज बबर सी,नेकपा बझाङ्ग सचिव तिलक सी, अखिल क्रान्तिकारी केन्द्रीय सदस्य महेश सी, अखिल क्रान्तिकारी कञ्चनपुर जिल्ला अध्यक्ष अनील सी लगायत अतिथिहरु तथा विद्यार्थीहरू सहभागि रहेका थिए ।

यति बेला २३ औं राष्ट्रिय सम्मेलनको तयारी जुटिरहेको छ । अखिल (क्रान्तिकारी)को सम्मेलन आउँदो फागुन ६ देखि १० गते सम्म काठमाण्डौंमा हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?