६ फाल्गुन २०८१, मङ्लबार
६ फाल्गुन २०८१, मङ्लबार

असोजमा राष्ट्रपतिबाट आममाफी पाएका बस्नेत १२ औँ पटक पक्राउ

काठमाण्डौं : ललितपुरमा चोर्न जाँदा एकथरी कपडा र चोरेपछि कपडा फेरेर हिँड्ने चोर दोलखाको शैलुङ्ग गाउँपालिका–४ का रघुनाथ बस्नेत पक्राउ परेका छन्। ४० वर्षीय बस्नेत भक्तपुरबाट पक्राउ परेका हुन् ।

आरोपी रघुनाथ बस्नेत असोज ३ मा राष्ट्रपतिबाट कैद मिनाहा पाएर निस्केका स्रोतले बतायो । संविधान दिवसको अवसरमा निस्केका उनी मंसिर र पुसमा दुई वटा ठुला चोरीमा संलग्न भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । दुई महिनाको अवधिमा बस्नेतले ६१ लाख बराबरको धनमाल चोरेको आरोप छ ।

झम्सिखेलस्थित ठाकुर नाथ ढकालको घरबाट उनले पुस १ मा ३७ लाख १६ हजार बराबरको धनमाल चोरेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ। मंसिर १७ मा उनले सानेपास्थित सुप्रिया राईको डेरा फोडेर २४ लाख ७६ हजार बराबरको धनमाल चोरेको बताईन्छ। बस्नेत अहिले १२ औँ पटक पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?