५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

कञ्चनपुरमा मनाइयो ६८ औं नेपाल बार दिवस

कञ्चनपुर ।  कञ्चनपुरमा ६८ औँ बार दिवस शुभकामना आदान प्रदान गरि मनाइएको छ। उच्च अदालत बार एशोसिएसन महेन्द्रनगर, कञ्चनपुर जिल्ला अदालत बार एशोसिएसन र कैलाली जिल्ला अदालत बार एशोसिएसनले संयुक्त रुपमा शनिबार उच्च अदालत बार एशोसिएसन महेन्द्रनगरको सभाहलमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेर ६८ औँ बार दिवस मनाएको हो। शनिबार सम्पन्न उक्त कार्यक्रममा उच्च अदालत बार एशोसिएसन महेन्द्रनगरका अध्यक्ष यज्ञ राज जोशीको सभापतित्व रहेको थियो भने सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टको प्रमुख आतिथ्यता रहेको थियो ।

उच्च अदालत बार एशोसिएसन महेन्द्रनगरका अध्यक्ष यज्ञ राज जोशीले सम्पूर्ण कानुन व्यवसायीलाई शुभकामना दिँदै अदालत र बारबीच सुमधुर सम्बन्ध हुनुपर्ने धारणा राख्नुभयो । कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले ६८ औँ बार दिवसको शुभकामना दिँदै मन्त्रालयले गर्न सक्ने सम्पूर्ण सहयोग गर्ने प्रतिवद्धता गरेका छन्।

विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवअधिकार, लोकतन्त्र र पेसागत हकहित तथा मर्यादालाई केन्द्रमा राखेर बार एसोसिएसनले काम गर्न कार्यक्रमका सहभागीहरूले सुझाव पनि दिएका छन् ।  कार्यक्रमबाटै उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका मुख्य भई काम गर्ने न्यायधिस दिनेश कुमार यादवको स्वागत समेत गरिएको उच्च अदालत बार महेन्द्रनगरका कोषाध्यक्ष कृष्ण दत्त जोशीले जानकारी दिएका छन्। कार्यक्रमको सञ्चालन उच्च अदालत बार एशोसिएसन महेन्द्रनगरका सचिव बिर बहादुर बिष्टले गरेका थिए। कार्यक्रममा कैलाली र कञ्चनपुरका कानून व्यवसायीहरु सहभागि थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?