काठमाडौं । अमेरिकाको कोलोराडोस्थित सर्वोच्च अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई सन् २०२४ को राष्ट्रपतीय निर्वाचनमा भाग लिन नपाउने फैसला सुनाएको छ । सर्वोच्चले मंगलबार ट्रम्पलाई ह्वाइट हाउसको लागि अयोग्य घोषित गरेको हो ।
सन् २०२१ मा अमेरिकी संसदमा भएको आक्रमणमा जिम्मेवार भएका कारण उनी चुनावमा भाग लिन नपाउने सर्वोच्च अदालतको निर्णयमा भनिएको छ ।
ट्रम्प अमेरिकी संविधानको १४ औँ संशोधनको धारा ३ का कारण योग्य उम्मेदवार नभएका अदालतको भनाइ छ । तर यो निर्णयमा ट्रम्पले अपिल गर्न पाउने छन् ।