कञ्चनपुर / पुस ३ : सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको सदरमुकाम महेन्द्रनगरमा जिल्ला स्तरीय समन्वय बैठक सम्पन्न भएको छ।
महेन्द्रनगर स्थित होटेल ओपेराको सभाहलमा स्वास्थ्य कार्यालय कंचनपुरको समन्वयमा इपिक नेपाल र सहयात्रा नेपाल कञ्चनपुरको आयोजनामा मंगलबार एक कार्यक्रमका साथ कञ्चनपुर जिल्ला स्तरीय समन्वय बैठक गरिएको हो।
एचआइभीको क्षेत्रमा काम गरिरहेका सरोकारवाला निकायहरुले जिल्ला स्तरीय समन्वय बैठकमा सहभागीता जनाउदै एचआइभी संक्रमित व्यक्तिहरुका क्षेत्रमा स्थानीय,प्रदेश र संघीय सरकारले आगामी दिनमा विशेष कार्यक्रम ल्याउनमा जोड दिनु पर्ने र उनिहरुको सहज जीविकोपार्जन र पोषण, शिक्षा,स्वास्थ्य र व्यवसाय सीप आर्जन गर्नका लागि त्यही अनुरुप बजेट विनियोजन गर्नु पर्नेमा सबैको पहल कदमी आवश्यक रहेको सबैको भनाई रहेको छ।
समन्वय बैठकमा एचआइभी संक्रमित तथा उच्च जोखिममा भएका समूहरुलाई व्यवहार परिवर्तनका लागि सम्बन्धित सरोकारवाला निकाय सँग सहकार्यका लागि छलफल गरिएको र उक्त छलफलमा एचआइभी संक्रमितले सहज वातावरणमा औषधि पाउनु पर्ने, उनीहरुका लागि आवश्यक बजेट स्थानीय निकायले छुट्याउनु पर्ने, उनीहरुका लागि सहजताका लागि सिपमूलक कार्यक्रमहरु संचालन गर्नु पर्नु लगायतका सुझावहरु दिइएको छन्।
‘जिल्ला स्तरीय समन्वय बैठक धेरै राम्रो र प्रभावकारी छ, आगामी दिनमा आफ्नो क्षेत्रबाट हुने पहल कदमी निरन्तर रुपमा समन्वय र सहकार्य रहने समेत प्रतिबद्धता भयो। प्रमुख अतिथि जिल्ला समन्वय समिति उप-प्रमुख रानाले भनिन् । उनले आफू स्वयंसेविका भएर स्वास्थ्य क्षेत्र लाई नजिक बाट बुझेकाले यस क्षेत्र लाई विशेष जोड दिने बताइन् ।
सहयात्रा नेपाल कञ्चनपुरका अध्यक्ष राजु लामाको सभापतित्वमा आयोजना भएको जिल्ला स्तरीय समन्वय बैठकमा जिल्ला समन्वय समिति कञ्चनपुरकि उप-प्रमुख राम कुमारी रानाको प्रमुख आतिथ्यता रहेको थियो। भने विशिष्ट अतिथिमा पिपिएचएल सुदूरपश्चिम प्रदेशका राम प्रसाद ओझा, महाकाली प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा.अर्जुन भट्ट , स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओम प्रकाश जोशी, अतिथिमा दोधारा चादँनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट( मेसु) डा. जयानन्द प्रसाद साह,स्वास्थ्य कार्यालय कञ्चनपुर एचआईभी फोगलपर्सन उद्धब ठगुन्ना, महाकाली प्रादेशिक अस्पताल एआरटी इन्चार्ज नन्दराम भट्ट, एआरटि काउन्सिलर बिमला भट्ट , कञ्चनपुर जिल्लाका स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधि, स्वास्थ्य बिमा बोर्ड कञ्चनपुरका प्रमुख ललित जोशी, महाकाली प्रादेशिक अस्पताल र दोधारा चादँनि अस्पतालका ल्याब इन्चार्ज लगायत एचआईभीएड्सको क्षेत्रमा कार्यरत संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु को उपस्थिति रहेको थियो।