काठमाडौँ । तत्कालका लागि एनसेल खरिद बिक्री रोकिएको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले राज्य व्यवस्था समितिमा भएको छलफलमा पूर्व स्वीकृति नलिई शेयर खरिद बिक्री गरेको थाहा पाएपछि मन्त्री परिषद् बैठकले एनसेलको खरिद विक्री रोकेको बताइएकी हुन् ।
बैठकमा उनले भनिन् –’एनसेल आजियाटाले ८० प्रतिशत शेयर विदेशमा खरिद बिक्री भएको कुरा आउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेशमा हुनुहुन्थ्यो । प्रधानमन्त्री नेपाल फर्केपछि एनसेलबारे बुझ्दा पूर्व स्वीकृति नलिई शेयर खरिद बिक्री गरेको थाहा पाएपछि मन्त्री परिषद् बैठक रोकेको खरिद विक्री रोकेको छ ।’
विदेशमा शेयर खरिद – बिक्रीलाई नेपालको कानुनलाई कसरी हेर्छ,नेपालको कानुन अनुसार शेयर खरिद बिक्री भएको छ कि छैन भन्ने अध्ययनका लागि टङ्कमणि शर्माको नेतृत्वमा बनाइएको छानबिन समितिले दुरसंचार ऐन संशोधनको काम सुरु गरिसकेको उनले जानकारी दिइन् । एनसेलको तर्फबाट भने दूरसञ्चार प्राधिकरणमा कुनै जानकारी नआएको उनले बताइन् ।