काठमाडौं । ५ लाख रुपैयाँ घुससहित बाराका एक वडा अध्यक्ष पक्राउ परेका छन् । बाराको जितपुर सिमरा उपमहानगरपालिका- ३ का वडा अध्यक्ष तारा बहादुर कार्की ५ लाख रुपैयाँ घुससहित पक्राउ परेको अख्तियार कार्यालयले जनाएको हो ।
घरबाटो सिफारिस गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिने क्रममा अख्तियारले उनलाई रंगेहात प्रकाउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका प्रवक्ता नरहरि घिमिरेले बताए । पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिने घिमिरेले बताए ।