एमालेको संकल्प यात्रा आज पाँचथरमा

काठमाडौं । नेकपा एमालेको समृद्धिका लागि संकल्प यात्रा आज (शनिबार) १६ औं दिन पाँचथर पुग्दैछ। गएराति अध्यक्ष केपी शर्मा ओलीको जन्मथलो आठराईमा बास बसेको यात्रा टोली शनिबार ७६ किलोमिटर दूरी पार गरेर पाँचथरतर्फ अघि बढ्ने पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

उनका अनुसार शनिबार पाँचथरमा आमसभाको आयोजना गरिएको छ । मंसिर १४ मा बैतडी झुलाघाटमा शुरु भएको एमालेको यो यात्रा पुस १ गते मध्यपहाडी राजमार्गको पूर्वी विन्दु पाँचथरको चिवाभञ्ज्याङ पुगेर पुगेर टुंगिनेछ । यात्रामा अध्यक्ष ओलीसहित अन्य पदाधिकारी तथा नेता–कार्यकर्ता सहभागी छन्। यो यात्रा भोली चिवाभञ्ज्याङ पुग्ने र त्यसपछि सकिने जनाइएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को परिकल्पना पूरा गर्न मध्य पहाडी पुष्पलाल लोकमार्ग केन्द्रितसंकल्प यात्रा गरेको पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

भर्खरै

प्रधानमन्त्री शाहको सम्बोधन: “इमानदार हात नभए संविधान कागजको खोस्टो बन्छ”

१४ वर्षसम्म कन्काई पुल अलपत्र पार्ने ठेकेदारसँग दुई अर्ब असुलिने

प्रदीप जैशीको उपन्यास `काउले´को काठमाडौमा सार्वजनिकरण

एआई विकासको गति घटाउने बहसले सेयर बजारमा तरङ्ग

spot_img

छुटाउनुभयो कि ?