२३ कार्तिक २०८१, शुक्रबार
२३ कार्तिक २०८१, शुक्रबार

१४ किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा जोडिए सीआईबी

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बरामद भएको १४ किलो सुन तस्करी प्रकरणको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पनि जोडिएको छ । मंसिर २१ मा दुबईबाट नेपाल आएका गोरखा बारपाकका चन्द्रबहादुर घलेको साथबाट प्रहरीले बरामद गरेको १४ किलो सुन प्रकरणलाई छानबिन गर्न सिआइबी उक्त अनुसन्धानमा जोडिएका हुन।

पक्राउ गरेलगत्तै चन्द्रले सुन गोरखाकै मीनबहादुर घलेको भएको बयान दिएपछि प्रहरी र भन्सार कार्यालयले उनलाई समेत पक्राउ गरेको हो ।

हाल भन्सार कार्यालयले सुन तस्करीको छानबिन गर्न भन्सार प्रमुख उपसचिव मणिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति समेत नै गठन भएको थियो ।

जसमा विमानस्थल प्रहरी कार्यालयका डीएसपी सूर्यप्रकाश सुवेदीसहित भन्सार अधिकृत मञ्जु थापा, प्रकाश निरौला, डिल्लुप्रसाद शर्मा र लोकराज ढुंगाना सदस्य छन् ।

सोही समितिलाई सहयोग गर्न सीआईबीले समेत प्राविधिक विश्लेषण गर्ने टोली खटाएको हो । सीआईबीले सुनसहित पक्राउ परेकाहरूको मोबाइल फोनको कल डिटेल र प्राविधिक विश्लेषण गर्नेछ ।

१४ किलो सुन तस्करी प्रकरणमा हाल चन्द्रबहादुर, मीनबहादुर र विमानस्थलमा सरसफाइ गर्ने तीन कर्मचारी पक्राउ परेका छन् ।

भन्सारले सरसफाइ कर्मचारीका सुपरभाइजर सुशिला पाण्डे, कर्मचारी कपिल ओझा र गणेश चेपाङलाई पक्राउ गरेको छ । उनीहरूमाथि अझै अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?