३ फाल्गुन २०८१, शनिबार
३ फाल्गुन २०८१, शनिबार

आधा किलो सुनसहित मकवानपुरबाट दुई जना युवा पक्राउ

काठमाडौं । करिब आधा किलो सुनसहित मकवानपुरबाट दुई जना युवा पक्राउ परेका छन्। हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चेक प्वाइन्टबाट सुनसहित २ जनालाई शुक्रबार बिहान मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा धनुषा सबैला नगरपालिका–२ बस्ने ३९ वर्षीय हितेस कुमार साह र भारत पञ्जाबका ३४ वर्षीय तर्सिम सिङ रहेका छन् ।

चेकप्वाइन्टमा सवारीसाधन जाँच गर्ने क्रममा वीरगञ्जबाट आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख १७२७ नम्बरको बसमा सवार साहलाई जुत्ताभित्र लुकाई ल्याएको करिब ४ सय ५० ग्राम सुनका गहनासहित पक्राउ गरिएको हो ।

सुनको ब्रास्लेट ९ थान र ना ५ ख ६२१७ नम्बरको बसमा सवार सिङलाई झोलाभित्र लुकाई ल्याएको करिब ४० ग्राम सुनसहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?