८ चैत्र २०८१, शुक्रबार
८ चैत्र २०८१, शुक्रबार

कृष्णपुर २ मा शनिबारदेखि वडाध्यक्ष फुटबल प्रतियोगिता

कञ्चनपुर, मंसिर २९ : कञ्चनपुरको कृष्णपुर नगरपालिका २ मा वडाध्यक्ष फुटबल प्रतियोगिता हुने भएको छ । कृष्णपुर नगरपालिका २ नम्बर वडाको आयोजनामा वडाध्यक्ष फुटबल प्रतियोगिता हुने भएको हो ।
‘हाम्रो गोल लागु औषध बिरुद्धको गोल’ भन्ने मुल नाराका मछेली खेलमैदानमा हुने भएको आयोजकले जनाएको छ ।
उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको कृष्णपुर नगरपालिका २ नम्बर वडाले जनाएको छ । कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन सिह साउदले ग्रामिण भेगको खेलकुद बृद्धि विकासका साथै लागु औषध दुव्र्यसनीका रहेका किशोर युवाहरुलाई खेलकुद माध्यमबाट संरक्षणमा जुटाईने बताए ।

‘हाम्रो मुल उदेश्य ग्रामिण भेगका युवाहरुलाई खेलकुद माध्यमबाट संरक्षणका साथै खेलकुद विकास गर्ने हो, ‘उनले भने, ‘किशोर युवाहरुलाई खेलप्रति उत्साहित गर्नुपनि हो ।’ उक्त प्रतियोगितामा कृष्णपुर नगरपालिका ९वडाकै टिम र बाँकी छिमेकी पालिकाका टिम गरेर १६ टिम सहभागि हुने छन ।

प्रतियोगिता विजेता टिमलाई नगद ७५ र उपविजेतालाई ४१ हजार नगद सहित ट्रफि,मेडल प्रमाण पत्र वितरण गरिनेछ । प्रतियोगिताको तयारी पुरा भएको छ । दिउँसो १२ बजे सुदूरपश्चिम प्रदेश सरकारका समाजिक विकासमन्त्री झपड बहादुर साउदले उद्घाटन गर्ने कार्यक्तममा कृष्णपुरका जनप्रतिनिधी, सहितको सहभागिता हुने भएको छ । यसरी वडा कार्यालयबाटै ग्रामिण भेगका किशोर, युवाहरुलाई खेलकुद क्षेत्रमा जोडने काम गरेपछि स्थानीयखेलप्रेमी हर्षित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?