३ फाल्गुन २०८१, शनिबार
३ फाल्गुन २०८१, शनिबार

आज आकाशमा मिथुन उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने

काठमाडौं, । बिहीबार राति आकाशमा मिथुन उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने छ । आकाश खुला रहेको अवस्थामा जुनसुकै स्थानबाट मिथुन उल्का वर्षा देख्न सकिने बिपी कोइराला मेमोरियल प्लानेटरियम एण्ड अब्जरभेटरी विज्ञान सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक डा.शनतकुमार शर्माले बताउनुभयो ।

उहाँका अनुसार यो जुनसुकै ठाउँबाट पनि खुल्ला आँखाले हेर्न सकिनेछ । खगोलविद्ले यो उल्का वर्षलाई ‘जेमिनिड्स’ नाम दिएका छन् । मिथुन राशी अर्थात् जेमिनाई तिरबाट आएको जस्तो देखिने भएकाले यसलाई खगोलविद्ले ‘जेमिनिड्स’ नाम दिएको उहाँको भनाइ छ ।

अमेरिकाको अन्तरिक्ष अन्वेषण निकाय नासाले जेमिनिड्सलाई यस वर्षकै ‘उत्कृष्ट’ उल्का वर्षा भनेको छ । किनभने उल्का वर्षा विभिन्न रङ्गमा देखिने छ । डा. शर्माका अनुसार यो उल्का वर्षा आज मध्यरातिदेखि भोलि बिहान ३–४ बजेसम्म अवलोकन गर्न सकिनेछ ।

“राति पूर्वतर्फ फर्कर हेर्ने हो भने राति १२ बजेपछि बिहान ३–४ बजेसम्म मिथुन उल्का वर्षा देख्न सकिन्छ, यसलाई खुल्ला आँखाले नै हेर्न सकिन्छ,” उहाँले भन्नुभयो । यो धेरै सङ्ख्यामा देखिने भएकाले अरु उल्का वर्षाभन्दा यसलाई विशेष मानिएको उहाँको भनाइ छ ।

यो उल्का वर्षा गत मङ्सिर १८ देखि पुस १ गतेसम्म देख्न सकिन्छ । आज भने उत्कर्षमा पुग्नेछ । पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ ।

पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीव्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई उल्का वर्षा भनिन्छ । उल्का वर्षालाई बोलिचालीको भाषमा ‘तारा खसेको’ भनेर बुझिन्छ । यो पृथ्वी नआइपुग्ने भएकाले यसले असर भने गर्दैन । गोर्खा पत्र अनलाई बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?