३ फाल्गुन २०८१, शनिबार
३ फाल्गुन २०८१, शनिबार

खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई चन्द्रागिरी नगरपालिकाको सुचना

चन्द्रागिरी । चन्द्रागिरी नगरपालिकाले नगर क्षेत्रमा क्रियाशील खानेपानी तथा सरसफाई उपभोक्ता समितिहरूका नाममा सूचना जारी गरेको छ । साे सूचना बुधबार जारी सूचना गरिएकाे हाे ।

चन्द्रागिरि नगरमा क्रियाशील खानेपानी सेवा प्रदायकहरूले खानेपानी सेवा उपलब्ध गराए बापत उपभोताहरूबाट १ देखी ८ यूनिट सम्म खानेपानी शुल्क बापत एकमुष्ठ ५० रूपैयाँ लिन पाउनेछन् । यसैगरी ९ देखी १५ यूनिटसम्म प्रतियूनिट थप २० रूपैयाँ, १६ देखी २५ यूनिटसम्म थप प्रतियूनिट ३० रूपैयाँ, २६ देखी ३५ यूनिटसम्म प्रतियूनिट थप ५० रूपैयाँ तथा ३६ यूनिटभन्दा माथिको खपतमा थप ८० रूपैयाँ लिन पाउने उक्त सूचनामासूचना उल्लेख गरिएको छ ।

बुधबार जारी सूचना अनुसार चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई परिषद्को मंसिर २७ गतेको बैठकको निर्णय अनुसार अब नगरका सबै १५ वटै वडामा रहेका खानेपानी उपभोक्ता समिति, वडास्तरीय खानेपानी तथा सरसफाई समन्वय समिति तथा अन्य खानेपानी सेवा प्रदायकहरूले नगरले खानेपानी सेवा महशुल तथा शुल्क दर पालना गर्नुपर्ने जनाइएको छ ।

चन्द्रागिरि नगरपालिकाको चन्द्रागिरि एकीकृत खानेपानी तथा सरसफाई ऐन २०८० अनुसार बनेको नियमावलीमा उल्लेख भएको सो महशुल दर लिने व्यवस्थालाई अनिवार्य रूपमा लागु गर्न समेत नगरप्रमुख घनश्याम गिरीले नगर क्षेत्रभित्रका खानेपानी सेवा प्रदायकहरूमा अनुरोध गरेका हुन् ।

नगरपालिकाले तोकेको दररेट भन्दा बढी रकम वा महशुल लिएको पाइएमा नगरबासीहरुले सम्बन्धिट वडा वा नगरपालिकाको कार्यालयमा सूचना दिन समेत नगरप्रमुख गिरीको अनुरोध छ ।

सुचना:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?